अन्ततः कर्मचारीको उमेर हद ६० वर्ष

पत्र-पत्रिका प्रमुख

निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याइने भएको छ ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको हो ।

मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो । हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ ।

संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद ६० भएमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनमा पनि कर्मचारीको उमेर हद ६० वर्ष नै हुनेछ । संघीय निजामती सेवा ऐन प्रदेश र स्थानीय सेवा ऐनको मार्गदर्शक ऐन हुनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरुमा संघीय निजामती सेवा विधेयकमा कर्मचारीको उमेर हद हाल कायम रहेकै ५८ वर्ष बनाउन प्रस्ताव गरेको थियो ।

तर, हाल सो विधेयकमाथि छलफल गर्दा सांसदहरू कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पु¥याउन समहत भएको स्रोतले जानकारी दिएको छ ।

राज्य व्यवस्थामा छलफल हुँदा निजामती, स्वास्थ्य, र न्याय क्षेत्रमा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीको उमेर हद समान बनाउनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

हाल स्वास्थ्य सेवाअन्तर्गतका कर्मचारी र शिक्षकको उमेर हद ६० वर्ष रहेको छ भने न्यायाधीशको उमेर हद ६३ वर्ष रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीले सबै राष्ट्रसेवकको उमेरमा समानता कायम गर्नुपर्ने प्रस्ताव समितिसमक्ष राखेका थिए ।

अब बन्ने संघीय निजामती सेवा ऐनमा नै स्वास्थ्य सेवालाई पनि गाभिने भएकाले स्वास्थ्य सेवामा रहेको उमेर हदको ६० वर्षे प्रावधानअनुसारकै व्यवस्था गर्नेगरी प्रस्ताव गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघीय निजामती सेवासम्बन्धी विधेयक राज्यव्यवस्थामा दफावार छलफल गर्नेक्रम सकिएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *