‘रवि लामिछाने पक्राउ’ विषयमा प्रहरीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गाली गर्ने पक्राउ

समाचार

कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ गरेको विषयमा जतात्यतै हंगमा नै चलेको छ । उनलाई पक्राउ गरेसँगै उनका समर्थकहरुले सामाजिक संजाल फेसबुक मार्फत प्रहरी तथा अन्यलाई दोसी देखाउँदै गाली गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ । यहि क्रममा प्रहरी अधिकारीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गर्ने २१ वर्षीय शंकर विकलाई अछामबाट पक्राउ परेका छन्।

लामिछानेका समर्थक विकलाई काठमाडौं परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई ‘रवि दाइलाई फसाउने यो भ्रष्ट हो’ भन्दै स्टाटस लेखेका थिए।काठमाडौं परिसरको अनुरोधमा मंगलसेन नगरपालिका ५ का शंकरलाई पक्राउ गरी काठमाडौं पठाइएको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए।

‘काठमाडौं परिसरले हामीलाई पक्राउ गरी पठाउने भनी पठाएको पत्रका आधारमा उनलाई समातेर अनुसन्धानका लागि उतै पठाइएको हो,’ शाहीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *