शालिकराम मृत्युपछि रविको गिरफ्तारीको विषय संसदमा

प्रमुख बिबिध राजनीति

प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित केही व्यक्तिहरु गिरफ्तार भएको विषयले संसदमा प्रवेश पाएको छ।

ेयसबारे कुरा उठाउँदै सत्तारुढ नेकपाका सांसद महेश्वरजंग गहतराज र सांसद यज्ञराज सुनुवारले यसबारे कुरा उठाउँदै निष्पक्ष छानबिनको माग गरे। सांसद गहतराज पत्रकार पुडासैनीको मृत्यु प्रकरण र त्यसको अनुसन्धानका लागि रवि लामिछानेको गिरफ्तारीपछि अहिले भइरहेको गतिविधि शान्ति सुरक्षा तथा सुसाशनविरुद्ध रहेको बताए।

उनले आफूलाई मन परेको व्यक्ति अपराधी हुने सक्दैन भन्ने मनोविज्ञानले समाजलाई नकारात्मक दिशातर्फ लगिरहेकोले गम्भीर बन्न आग्रह गरे। उनले रवि लामिछानेको समथर्नका नाममा अस्वभाविक हुलहुज्जत भइरहेकोप्रति निन्दा गरे।

उनले यस्ता गतिविधि रोक्न माग गरे। यस्तै सांसद सुनुवारले पत्रकार सालिकराम पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे। उनले निष्पक्ष छानबिन गरेर सत्यतथ्य जनता सामु ल्याउन सरकारसँग माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *