सुनको मूल्य घटेर ७१ हजारमा कारोबार

अर्थ/वाणिज्य कर्पोरेट

साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ रु ५०० ले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार छापावाल सुन तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको भएको थियो, आइतबार घटेर ७१ हजारमा कारोबार भएको हो । तेजावी सुन तोलाको ७० हजार ७०० मा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलामा ८४० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *