प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि पहिलो पटक सर्वदलीय बैठक

प्रमुख राजनीति

आज अपरान्ह पाँच बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

उनी प्रधानमन्त्रीमा निर्वाचित भएको १७ महिनापछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई सर्वदलीय बैठकमा बोलाएका हुन् । प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्याय निरुपण सम्बन्धी विवाद समाधानका लागि दलहरुको धारणा बुझ्न खोज्नुभएको बताइएको छ ।

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धी आयोग गत फागुनदेखि पदाधिकारीबिहीन छन् । आयोगमा पदाधिकारी सिफारिससम्बन्धी समिति बनाएर आवेदन आह्वान गरिएता पनि कुन आयोगको नेतृत्व कुन दल निकटका व्यक्तिलाई दिने भन्ने विषयमा प्रमुख दलहरुबचि सहमति जुट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *