भीडले कानुन नियन्‍त्रण हुँदैन : गोकुल बास्कोटा

प्रमुख राजनीति लुम्बिनी प्रदेश

आइतबार बुटवल पुगेका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी राज्य र विधिको शासन भएको मुलुकमा भीडले कानुन नियन्त्रण नहुने बताएका छन्।

‘भीड लगाउँदै जाने प्रवृति गलत छ’, उनले भने, ‘यस्ताले समाजमा विकृति निम्त्याउछन्।’ सामाजिक संजालको दुरुपयोग रोक्न सरकारले नीति नियम बनाउँदै जाने बताए। नागरिकस्तरबाटसमेत समामाजिक संजाल दुरुपयोग हुन नहुने भन्दै उनले सञ्चारमाध्यमले त्यसैलाई स्रोत मान्नु गलत भएको उनले बताए।

‘मेनस्ट्रिमका संचारमाध्यमसमेत सामाजिक संजालको प्रभावमा परेको देखिन्छ’,उनले भने,‘यस्तो हुनु मिडियाकै लागि चुनौती हो।’ राज्यका निकायमा दर्ता भएका मिडियामात्रै सूचनाका आधिकारिक स्रोत भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *