काठमाडौं । नेपाली पत्रकारिताको जननी साप्ताहिक छापा माध्यमलाई मारेर लोकतन्त्रले दिएको सूचनाको हक उपयोग गर्दै कथित व्यवसायी बनेका साहुजीको आदेशपालक पत्रकारिता कित्ता छुट्टिएको छ । पहिला साप्ताहिकमा प्रशिक्षार्थी बनेको स्वरोजगारमूलक छापा माध्यममाथि यो देशको भ्रष्टाचार, राज्यले गरेको आर्थिक नाकाबन्दीका बारेमा नबोल्नु उनीहरू कतै न कतै विदेशीका दूत थिए भन्ने हुन्छ ।
समाचार प्रस्तुतकर्ता रवि लामिछानेकाविरुद्ध जुटेका १२ भाइको योजनामा रवि जेलमा छन् । ती १२ भाइ मध्यबाट रविले जनताको पैसा ६८ अर्ब ५८ करोड डुब्दा चिन्ता लिने कोही छैनन् । देशको प्रेस स्वतन्त्रता त्यही हो । पछिल्लो पटक दर्ता नभएको युटुब पत्रकार दिलभूषण पाठकले डा आरजु देउवा र शेरबहादुर देउवाका पुत्र जयवीरको समाचार प्रकाशित हुँदा पत्रकारमाथि निरंकुशता शासनको जस्तो व्यवहार भयो ।
जनार्दन शर्मा अर्थमन्त्री हुँदा महिलाले महिनामा एकपटक प्रयोग गर्ने विदेशी स्यानिटरी प्याडमा राजस्व घटाएर नेपाली उत्पादनमाथि २५ प्रतिशत राजस्व लगाउने जयवीरको आम्दानीको स्रोत प्रेसले खोज्नु नौलो थिएन । तर त्यो खोजी अनुसन्धान गर्नुपर्ने राज्यको पूर्ण दायित्व हुँदा राज्य मृत भएजस्तै भएको छ । विदेशीको दानापानी खाएकाहरुलाई पनि अदालतल गर्ने फैसलापनि त्यस्तै हो । अहिले नेपालमा पत्रकार हुने पत्रकार महासंघको सदस्य नहुने कोही सर्वोच्च पुगे दण्ड तिरे । माओवादी कालमा जासुसी गरेर सरकारको विश्वास पात्र भएका पाठकलाई अहिले त्यही कांग्रेस र एमालेले पत्याएन । किनकि पहिला यिनकै खाजा खाँदै जिल्ला सड्दै माओवादीविरुद्ध लागेकै थिए ।
