अरुको नक्कल गरेर मात्रै नेपालको बिकास हुँदैन । बिकास भनेको नेपाल राष्ट्र र नेपाली जनताको आवश्यकता अनुसार भए मात्रै त्यो उपयोगी र उचित हुन्छ । संसारमा यति उच्च प्रविधिहरुको बिकास भएको छ कि त्यसको नक्कल गर्नको लागि मात्र पनि नेपाल राष्ट्र र नेपाली जनताको क्षमता पुग्दैन । विश्वमा यति उच्च प्रविधिको बिकास भईरहेको छ कि त्यसको अध्ययन, अनुसन्धान र बिकासलाई बुझ्न पनि हाम्रो सामाथ्र्य छैन । त्यस्तो बिकासित अवस्थामा नेपाल राष्ट्र र नेपाली जनतालाई पु¥याउन अझ पनि धेरै बर्षहरु लाग्ने छन् । नेपाल राष्ट्र र नेपाली जनताको विकासको आवश्यकत बुझेका दलका नेताहरु कोही छैनन् । त्यसैले बिदेशीका दलालहरुले नेपालमा पसेर कमिसन बाँडीबाँडी आफ्ना कमसल प्रविधि भिडाएर जान्छन् ।
विश्वको तुलनामा पुरानो भईसकेको प्रविधिलाई नेपालमा बेचेर पैसा विदेशी व्यापारीले कमाउँछन अनि त्यसैको नाफाबाट केहि पैसा कमिसनको रुपमा नेपालमा सक्रिय सत्तामा भएका लोभीपापी दलका नेताहरुलाई बाँडेर आफ्नो व्यापार व्यावसायलाई नेपालमा बढाउने गर्दछन । संसारको रीतिलाई बुझेका उचित नेता सत्तामा नहुँदा बिदेशीका दलालहरुले भ्रममा पारी आफ्नो कमजोर पुरानो प्रविधिलाई सजिलै बेचेर उम्किन्छन् । त्यसकारण नेपालमा उचित नेताको दर्कार छ र अहिले सत्तामा भएका सबै दलका नेताहरु अनुचित भएकाले राष्ट्रको हितलाई नहेरी आफ्नो निजीहितलाई हेरी बिकास परियोजनाहरुको सौदा बिदेशी सित केही कमिसनको लागि गर्दै आएका छन् । नेताहरु नै अनुचित भएपछि तिनीहरुले ल्याएका बिकास नीतिहरु उचित हुने कुरै भएन । नेपालको लागि उचित र मौलिक बिकास नीति आउन सकीरहेको छैन । सक्रिय राजतंत्रको नेतृत्वमा चलेको पञ्चायती व्यवस्थाको बिकास नीति नेपाल राष्ट्रलाई अत्मनिर्भर बनाउने तर्फ निर्देशित भएको थियो । नेपाल राष्ट्रको आवश्यकता अनुसार नेपालमा उद्योगहरुको बिकास गरिएको थियो ।
नेपाल राष्ट्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाएर बिदेशीको सामु नेपाली जनताको आत्मसम्मान बढाउने तिर ध्यान केन्द्रित गरिएको थियो । त्यसकारण अहिलेका दलका नेताहरु भन्दा पञ्चायतकालका नेताहरु तुलनात्मक रुपमा उचित र तिनीहरुले लिएको बिकास नीतिहरु पनि उचित नै थिए । अहिलेका दलका नेताहरु भएका उद्योगहरुलाई पनि चलाउन सक्ने क्षमता भएका छैनन् । नाच्न नजान्ने आगन नै टेढो भनेको जस्तो आफ्नै अक्षम नेतृत्वको करण घाटामा गएका सार्वजनिक संस्थानहरु र उद्योगहरुलाई निजीकरण गर्दै मास्दै लगेकाछन ।
उक्त घाटामा गएका संस्थानहरु र उद्योगहरुमा दलका नेताहरु आफैले आफ्ना राजनीतिक कार्यकर्ताहरुलाई जागिर खुवाएर भरेको हुँदा त्यसको भार थाम्न नसक्दा नराम्रो सित आर्थिक रुपले प्रभावित भएका हुन । साथै उक्त सार्वजनिक संस्थानहरु र उद्योगहरुको नेतृत्व चयन गर्दा पनि अक्षमलाई राजनीतिक नियुक्ती गरी गाईको दुध मात्रै दुहेर खाने तर घाँस काटेर नहाल्ने प्रवृत्तिले बढवा पाएको देखिन्छ ।
यसरी आफ्नै कारणबाट घाटामा गएका सरकारी संस्थानहरु र उद्योगहरुलाई मास्दै जाने वा लाने नीति बनाएर कार्यन्वयनमा दलहरु लागेका छन् । कुनै पनि राष्ट्रले आफ्नो बिकासको निमिक्त पुरै निजी क्षेत्र माथि मात्रै भर गर्नु हुँदैन । निजी क्षेत्रलाई बलियो र प्रभावकारी बनाउनको लागि सरकारी सार्वजनिक संस्थानहरु र उद्योगहरु पनि उत्ति नै बलियो र प्रभावकारी बनाउन जरुरी हुन्छ । नेपाल जस्तो देशमा जहाँ निजी उद्योगीहरु भरपर्दो नभएकाले त्यस माथि दलहरुको सरकारले नेपाल राष्ट्र र नेपाली जनताको बिकासको लागि पुरै भरपर्ने अनुचित सरकारी नीति बनाएर लागु गर्नु वा गराउनु हुँदैन । नेपालका उद्योगी व्यापारीहरु र व्यवसायीहरु दलहरु जस्तै भ्रष्ट भएकाले भरपर्दो छैनन् । वास्ताविक रुपमा दलका शीर्ष नेताहरु र अन्य नेताहरुलाई महाभ्रष्ट बनाएर गलत सरकारी नीतिहरु बनाउन लगाएर त्यसको कार्यान्वयन गर्नु गराउनुमा तिनै सिउडो उद्योगी व्यापारीहरु र व्यवसायीहरु कै धेरै हात रहेको छ ।
यस्तो दलका नेताहरु र उद्योगी व्यापारीहरु र व्यवसायीहरु बिचको सहकार्यलाई क्रोनी पुँजिवाद भनिन्छ । अहिलेको ओली सरकारले क्रोनी पुँजीवादको अभ्यास नेपालमा गरी रहेकाछन । त्यसकारण यस्तो ओली सरकारबाट जनहित हुने काम नेपालमा हुनसक्दैन । ओली सरकारले भ्रष्ट र आर्थिक अनुशासन नभएका व्यापारीहरु र व्यवसायीहरु सित मिलेर नेपाल राष्ट्र र नेपाली जनतालाई लुटेर चुना लगाउने काम मात्रै नेपलमा गरीरहेको छ । ओली सरकारले राम्रो काम गरेका छौ भने पनि नेपाली जनता अन्धो बहिरो केही नभएको हुँदा ओली सरकारको कालो कर्तुतलाई नजिकैबाट नियालेर हेरी रहेकाछन । पीडित नेपाली जनताको आवाजलाई दबाउने काम गरिएका वा भएकाछन जसबाट कालन्तरमा दलहरुले पछुताउनु पर्नेछन । नेपाली जनताको आवाजको सुनुवाई नभएपछि नेपलामा बिद्रोहको स्थिति बन्दै जानाले दलहरु सत्तामा लामो टिक्न नसक्ने र उहाँहरुको अनुचित नीतिहरुलाई बदल्न तेस्रो जनबिद्रोह अपरिहार्य बन्दै गएको अवस्था नेपालमा कायम भएकोछ । दलहरुको अनुचित नीतिहरु कै कारण नेपाल राष्ट्र र नेपाली जनता ऋणमा डुव्दै गएको हो ।
दलहरुले गरेको व्यापक भ्रष्टाचारले गर्दा उक्त ऋण लगानीबाट नेपाल राष्ट्रलाई सुको फाईदा भईरहेको छैन । यस्तो नेपाल राट्रको हालत हुँदा पनि दलका शीर्ष नेताहरु गैरजिम्मेवार बनेर नेपालमा भ्रष्टाचार गरी कमाएको अकुत कालोधनलाई बिदेशी बैंकहरुमा राख्ने वा उतै लगानी गर्ने राष्ट्रमारा प्रवृत्ति दलका शीर्ष नेताहरुले देखाईरहेका छन । यस्तो अराजक आर्थिक अनुशासन हिनता नेपालमा हुँदा पनि त्यस्ता दलका शीर्ष नेताहरु माथि कानुनी कार्यबाही चल्न चलाउन सकीरहेको छैन । दलका शीर्ष नेताहरु, व्यापारीहरु र व्यवसायीहरु मिलेर नेपाल राष्ट्रलाई चुसेको हुँदा त्यसको प्रभावले नेपालमा आर्थिक संकट उत्पन्न भईरहेको छ र नेपाली जनताहरु आर्थिक संकट र महंगाईको चपेटामा परेकाछन । नेपाली जनतालाई खान लाउनको लागि नै समस्या भएको छ नेपाल राष्ट्र ऋणमा चुर्लुम्मै डुबेको हुँदा ऋणको साँवा व्याज तिर्नको लागि पनि थप ऋण लिनु पर्ने जटिल अवस्थामा नेपाल राष्ट्र पुगेकोछ ।
अरु देशको नक्कल गरेर नेपाल राष्टको कहिले पनि विकास हुँदैन । नेपालको बिकास नेपाली जनताको आवश्यकता अनुसार हुनु पर्छ । व्यापारीहरु र व्यवसायीहरुलाई नाफा हुने व्यापारहरु, व्यवसायहरु र उद्योगहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई आत्मनिर्भर र स्वाभीमानी राष्ट्र बनाउन सक्दैन । त्यसको लागि नेपाल सरकारले नेपाल राष्ट्र र नेपाली जनताको हित गर्ने गरी नीति बनाउनु पर्ने र सोही अनुसार नेपालको बिकास गर्दै लानु पर्ने हुन्छ । बिकासको नारामा भने समृद्ध नेपाल र सुखी नेपाली जनता भन्ने अनि कामले भने व्यापारीहरु र व्यवसायीहरुलाई समृद्ध र सुखी बनाउने हो भने नेपाल राष्ट्रको अस्तित्व एक दिन समाप्त हुन्छ ।
ओली सरकारले अहिले लिएको बिकासको बाटो नेपाल राष्ट्र कै बिघटनको बाटो भएकाले यो बाटोबाट नेपाली जनता कहिले पनि सुखी बन्न सक्दैन । नेपाल राष्ट्र नै नरहेपछि नेपाली जनता सुखी भएर पनि के गर्ने ? बिदेशीको नीति र निर्देशन अनुसार भएका वा गरिएको बिकास परियोजनाहरुले गर्दा नेपालमा उच्च प्रविधिको उपयोग भएकाछन जसको व्यवस्थापन गर्नको लागि नेपाली जनताको ज्ञानको स्तर नपुगेको हुँदा बिदेशीलाई नै लगाउनु पर्ने हुन्छ । यसरी नेपाल राष्ट्रको परनिर्भरता निरन्तर बढेर नै गईरहेकोछ । यसरी बिदेशीको व्यापारलाई नेपालमा सञ्चालित परियोजनाहरुले बढाउँछ भने नेपाल राष्ट्रको परनिर्भरता झन बढाउने भएकाले नेपाल राष्ट्र र नेपाली जनता बिस्तारै ऋणको पाँसोमा पर्दै गएको देखिन्छ ।
दलहरुको नवउदारवादी स्वतंत्र बजार अर्थतंत्रले नेपाल राष्ट्र र नेपाली जनतालाई नघर नघाटको बनाउँदै लगेको अबस्था नेपालमा विद्यमान रहेकोछ । दलहरुले नेपालमा लागु गरेको नवउदारवादी स्वतंत्र बजार अर्थतंत्र असफल भईसकेको छ किनकि नेपालमा कानुनी राज छैन र नेपालको न्यायपालिका पनि स्वतंत्र र सक्षम छैन । आर्थिक नीति मात्रै अमेरिकाको जस्तो भएर नेपालको बिकास अमेरिकाको जस्तो हुँदैन त्यसको लागि नेपालको नेताहरु सदाचारी हुनपनि जरुरी हुन्छ । साथै कानुनले वर्जित भ्रष्टाचार गर्नेलाई दण्ड सजाय दिन सक्ने कानुनी राज पनि नेपालमा हुनुपर्छ ।
त्यस्तो अवास्था नेपालमा नभएको र नरहेको हुँदा नेपालको लागि पञ्चायती अनुदारवादी आर्थव्यवस्था नै सबै भन्दा उत्तम थियो । उचित नेता, नीति र प्रविधिको उपयोग भए मात्रै नेपालको बिकास टिकाउ हुन्छ र नेपाली जनताले त्यसबाट लाभ लिन पाउने हुँदा सुखी बन्ने छन । अहिले नेपाली जनता दुःखी छन र उक्त दुःखको कारण नेपाली जनताले बिदेशीको दलालको रुपमा काम गर्दै हिडेका दलहरुको अनुचित नेतृत्व वर्गलाई नै मानेकाछन । नेपालमा समाजवादी अर्थतंत्र सबै भन्दा उपयुक्त हुन्छ किनकि यो पञ्चायतकालिन अनुदारवादी अर्थतंत्रको धेरै नजिक छ । आफैलाई कम्युनिष्ट भन्ने अनि अर्थनीति झै अमेरिकाको नक्कल गर्ने वामपन्थी दलहरुले गर्दा नेपाली जनताको गाँस, बास र कपास संकटमा परेको छ ।
सामान्य जीवनयापन गर्नको लागि पनि आफ्नो सन्तानलाई वैदेशीक रोजगारीमा मानव तस्कार मार्फत सस्तो बेची पठाउनु पर्दैछ । नेपाली जनताको गाँस, बास र कपासको प्रत्याभूति दिने कम्युनिष्ट दलहरुले नै घरजग्गालाई व्यापार बनाए पछि नेपाली जनताको जीवनयापन झन कष्टकर बन्दै गएको छ । नेपाल राष्ट्रलाई सुनसान पारी नेपाली जनतालाई वैदेशिक रोजगारीमा पठाउने मानव तस्कर दलहरु कै नेपाली जनताले एक पेट पाल्न र एक आङ लाउनको लागि पनि संघर्ष गर्नु परीरहेको छ । जीवन बनाउने गरी कमाई गर्न दलहरु कै कारण नेपालमा संभव छैन किनकि भष्मासुर दलका नेताहरुले नेपाली जनताको शोषण निरन्तर जारी राखेकाछन । दलका नेताहरु बहुरुपी छन् किनकि उहाँहरु बल्तकारी, सुन तस्कार, मानव तस्कर, घरजग्गाको दलाल, बिदेशीको दलाल, कमिसनखोर, नाफाखोर, सुरुचि अनुसार शासन सत्ता चलाउने माफिय आदि इत्यादि सबै हुन् ।