काठमाडौं । राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना बनाउने नाउँमा डा.बाबुराम भट्टराईले पेट्रोलियम वस्तुमा भन्सार बिन्दुमै कर लगाए । आज त्यो रकम कति भयो कोही खोज्दैनन् । राजनीति फाइदा लिँदा बुढीगण्डकीको नाउँमा प्रचण्ड, देउवा र ओलीले ९÷९ करोड झ्वाम प्रमाण आफूसँग भन्ने डा. बाबुराम र कुनै बेलाका उर्जामन्त्री बनेका जनार्दन शर्माले एउटै पार्टी बनाएका छन् । अब यिनले लागत अनुमान गरिएको लगानीको स्रोत नजुटेको त्यो बूढीगण्डकी परियोजनाको भित्री रहस्य खोलेर प्रचण्डको लूटधन्दा सार्वजनिक गर्लान त ?
२ अर्ब ७७ करोड अमेरिकी डलर खर्च हुने बूढीगण्डकी निर्माण अवधि ८ वर्ष राखिएको छ । निर्माण सम्पन्न हुँदा ४ खर्ब ६ अर्ब लाग्ने भनिएको बुढीगण्डकीले इन्धनमा लिँदै आएको कर उठाइरहेको छ । निर्माणको मोडालिटी बन्यो, लगानीको आधार नहुँदा त्यो कर हटाएर महंगीनियन्त्रणमा जेनजी सरकारको ध्यान जानुपर्छ । देशको राजनीति नेतृत्वले गर्ने गल्तीले जनता महंगीको चपेटामा पर्छन् ।
बुढीगण्डकीको त्यो कर हटाउनेतर्फ ध्यान दिँदैनन् । जनतामाथि हुने शोषणको अन्त्य जुनसुकै वाद, सिद्धान्तमा जाने र चल्ने सरकाले गरे हुन्छ । डा. बाबुरामले रिशको झोकमा प्रचण्ड, केपी र देउवामाथि किन त्यो आरोप लगाएर त्यो जोत के हो ? जुन परियोजनाका नाउँमा पनि सवारी साधनहरुलाई इन्धनमै भन्सार कर लगाउने समृद्धि र विकास कस्तो हो ? विज्ञ भनिएका डाक्टर साप राजनीति माहोलबाट क्रमशः किनारा लाग्दैछन् ।

