कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको कार्यकारी प्रमुखको पहिलो थाइल्याण्ड भ्रमण

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणबारे संसदलाई जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्यान्ड चार दिने औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिताबारे भोलि मंगलबार जान लागेको जानकारी गराएका हुन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको र थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता गर्नेछन् । भ्रमणका अवसरमा पर्यटन र संस्कृतिका सन्दर्भमा दुई समझदारी पत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबिच छ समझदारी पत्रमा हस्ताक्षर हुनेछ । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली चैत २३ गते स्वदेश फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *