काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ ।
राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै असंसदीय भाषा रेकर्डबाट हटाउन माग गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ विरुद्ध होच्याउने, असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरेका छन्।

