ओलीको झोले शब्द अखिल र युवा संघले मन पराएनन् !

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफै झोले भएको घोषणा गर्दा कति हल्का भइन्छ भन्ने तर्फ ध्यान दिएनन् । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल बाहेक अन्यत्र प्रचार भएन । एमालेको निष्ठावान कार्यकर्ता भन्न नसक्ने मौका पर्दा देशको राजस्व लुट्नेहरुबाट सुरु भएको झोले अभियान पोलिटब्युरो सदस्य रहेका ७० करोडवाला गोकुल बास्कोटाको एउटा स्टाटसले तहल्का मच्चाईदिएको छ ।

अध्यक्षको स्वीकृति बिना पार्टीको कुनै काम नभएजस्तै सरकारमा पनि मन्त्रीको अधिकार प्रयोग गर्न नदिने प्रधानमन्त्री केपी ओलीले बुद्धिजीवीको नाममा विचौलियाको कार्यक्रममा म झोले अभियान सुरु गरे भन्ने शब्दले अन्य राजनितिक दलतिर बिना मौसउमको बाजा जस्तै बन्न पुग्यो । प्रधानमन्त्रीले हल्का यस्ता निर्णय गर्दा कार्यान्वयनमा आउने भन्दापनि विवादमा पर्ने गर्दछन् । प्रधानमन्त्रीको झोले अभियानको बोलीले पार्टीमा अखिल र युवा संघले मन पराएका छैनन् । त्यसले गर्दा एमालेभित्र झोले भन्ने शब्दले आम कार्यकर्तालाई वितृष्णा जगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *