दोलखाका राजनीतिक चेत भएकाहरु विचमा एक सवालले चर्चा पाएको छ । यो चर्चाले सामाजिक सञ्जाल खासगरी फेसवुक छाएको छ । त्यो विषय हो, दोलालघाट देखि चर्नावतीसम्मको सुरुङ्ग । नेपाल सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटमा सो सुरुङ्ग निर्माणको संभाव्यता अध्ययनकोलागि रु. ४५ लाख वजेट विनयोजन ग¥यो । त्यस पछि यसका पक्ष विपक्षमा चर्चा हुन थालेका छन् । यो योजना ठिक छैन भन्ने पनि केहि निस्किए तर धेरै चाँही यसको जस लिन दौडिएको पाइएको छ । केहीले पुराना दस्तावेज, पोष्ट, निवेदनहरु नैं फेसवुकमा हाल्न भ्याए । केहीले आफुले सोचेको बोलेको, चिया खाँदा आएको आइडिया भन्दै फेसवुकमा पोष्ट्याउन भ्याए ।
चर्चाको आरम्भ
नेपाल सरकारका अर्थमन्त्री विष्णु पोडैलेबाट १९ अर्ब धनराशी सहितको बजेट संघीय संसदमा प्रस्तुत भयो । त्यस मध्ये एक वजेट शिर्षकले दोलखालीको मन तान्यो । बजेट ४५ लाख मात्रै छ । तर सपना महत्वकांक्षी छ । दोलालघाट देखि चर्नावतीसम्मको सुरुङ्ग बनाउने । यहि दिनबाट सुरु भयो खास चर्चा । हुनत यो विषय वजेटमा पार्न धेरैको कसरत पक्कै भयो । कुनै व्यक्तिगत भयो होला कुनै संस्थागत ।
यो बजेट रकमले कसैंलाई नतान्ला तर योजनाले दोलखालीको मन मष्तिष्क तानेको छ । खास गरी दोलखाका नागरिकहरुको चासो जागेको छ । सुरुङ्ग मार्ग संभवै छैन भन्ने जमात पनि छ । सुरुङ्गको सपना कस्को भन्ने होटबाजी पनि देखिन्छ । जे भए पनि यस्ता महत्वकांक्षी सपना पहिला सुन्दा धेरैलाई अपत्यारिलो लाग्छ । तर पहिला सपना देख्ने अनी काम गर्ने भन्ने विषय भुल्नु पनि हुन्न ।
यस सन्दर्भमा विश्वविख्यात एक सपनाको चर्चा गरौं । अमेरिकाका ३५ औं राष्ट्रपति जोहन एफ केनडीले सन् १९६१ मे २५ मा ‘अबको दश बर्ष भित्र हामी मान्छे चन्द्रमामा पठाउने छौं र उस्लाई सुरक्षित फर्काउनेछौं’ भन्ने सपना सुनाए । त्यतीबेला धेरैलाई यो सपना बकवास र हावादारी लाग्यो तर २० जुलाई १९६९ मा नासाले एपोलो ११ सफलतापूर्वक चन्द्रमामा पु¥यायो । अमेरिकी वैज्ञानिक निल आमस्ट्रम पहिलो मानव भए चन्द्रमामा पुग्ने । पुगे मात्रै होइन सकुशल फर्किए पनि । त्यतीबेला निल आमष्ट्रमले ‘यो एक व्यक्तिको सानो पाइला हो, तर मानव जातीकोलागि ठुलो फड्को हो’ भनेको थिए ।
यो दृश्य केनडीले देख्न पाएनन् । किनकी उन्को १९६३ को नोभेम्बरमा हत्या भएको थियो तर उनको सपना पूरा भै छाड्यो । ठुलो सपना देख्ने र निरन्तरता दिएमा अनुकुल वातावरण तयार गरेका कुुनै न कुनै दिन त्यो सपना पूरा हुन्छ भन्ने कुराको तथ्यगत पुष्टि भएको छ ।
चर्चा सुरुङ्गको
जसरी केनडीलाई चन्द्रमामा पुग्ने सपना देख्दा वकवास भन्थ्ये । ओलीलाई, अर्थमन्त्री विष्णु पौडेललाई अनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई त्यसै भन्दैछन् । नेपालीले खाना पाएका छैनन्, रोजगारी छैन सुरुङ्ग मार्ग ? भनिरहेका होलान् । १९६१ मा अमेरिकामा पनि त्यही हालत थियो होला । त्यती बेला प्लेन भन्दा माथि वनाउन सकेको थिएन अमेरिकाले त्यस्तै २.६ किमी दूरीको नागढुङ्गामा सुरुङ्ग मार्ग वनाएको मात्र अनुभव छ नेपालमा ।
सुरुङ्ग र एमालेको चासो
फेरी एकै क्षण चर्चा गरौं दोलालघाट देखि चर्नावतीसम्मको महत्वकांक्षी सपना सुरुङ्ग मार्गको प्रसङ्गमा । नेकपा एमाले काठमाडौं दोलखा सम्पर्क मञ्चले राजधानीमा एक अन्तरक्रिया कार्यक्रम राख्यो । बजेट प्रस्तुत गरेको १५ दिन पछि अर्थात जेठ ३१ गते कार्यक्रम राखेको थियो । कार्यक्रमको प्रमुख अतिथी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री देबेन्द्र दाहाल हुनुहुन्थ्यो । यो कार्यक्रममा एमालेको मात्रै जमघट थिएन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ्ग लामा देखि दोलखा कांग्रेसका २ जना पूर्व सभापति हुनुहुन्थ्यो । त्यसै गरी नेकपा एमालेका २ जना पोलिट्व्युरो आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ्ग हुनुहुन्थ्यो साथै केन्द्रीय सदस्य सरस्वती वस्नेतको उपस्थीति रहेको थियो ।
राप्रपाका सहमहामन्त्री र सह कोषाध्यक्ष समेत उपस्थीत हुनुहुन्थ्यो । सडक विभागको महानिर्देशक, विषयगत विज्ञ, विकासविद् लगायतको वाक्लो उपस्थीति थियो । यो जमघटले नैं नेपाल सरकारले अगाडी सारेको सुरुङ्ग मार्गको महत्व र दोलखालीको साझा पहल रहने संकेत गरेको छ । विकासको सन्दर्भमा दोलखाका राजनीतिक दलहरुको मतऐक्यता देखिन्छ भन्ने छनक पनि देखियो । यो सामुहिकता देखेर मन्त्री दाहाल पनि हौसिनु भयो । अध्ययनकोलागि ४५ लाखले पुगेन भने अरु पैसा थप्न तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भयो ।
नेकपा एमाले भीमेश्वर नगर कमिटीको चौथोपूर्ण वैठकदोलखाको सचिवालयको वैठक बस्यो असार ६ गते । सुरुङ्ग चर्चा भयो । नेकपा एमालेले विगत देखि उठाउँदै आएको समृद्धिकालागि सुरुङ्ग मार्ग एक कोशेढुँगा हुने विश्वास लिइयो । नेपालकै सवै भन्दा छोटो त्रिदेशिय मार्ग भिट्टामोड देखि फलाक नाकासम्मको राजमार्गलाई राजधानीसँग कनेक्टीभिटीकोलागि यो सुुरुङ्ग मार्गको अपरिहार्यता माथि चर्चा भयो । बोच चर्नावतीबाट दोलखाली सुरुङ्ग मार्गमा प्रवेश गर्ने छ । अहिले सडक मार्ग प्रयोग गर्दा ९० किमी जती दूरीको सडक रहेछ । बोच चर्नावतीबाट सुरुङ्ग वन्यो भने ३० किमी जती हुने रहेछ । नेपालमा नागढुँङ्गाको सुरुङ्ग मार्ग वनेको छ । जुन २.६ किमी मात्र छ । प्रति किलोमिटर ६ देखि ७ अर्ब जती खर्च लाग्ने देखियो । त्यसैले यो परियोजना महँगो देखिन्छनैं । त्यसै गरी निर्माण पछि नियमित सञ्चालनको खर्च पनि सडकमार्ग भन्दा खर्चिलो हुने रहेछ । २.६ किमी भएको नागढुँङ्गाको सुरुङ्गमा बार्षिक ३५ करोड सञ्चालन खर्च लाग्ने अनुमान रहेछ । यी सवै विषयमा चर्चा भयो ।
असार ७ गते नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवालय वैठक वस्यो । २०५१ सालको एमालेको अल्पमत सरकारले गरेको विकासको निम्ति आफ्नो गाउँ आफै वनाउँ भन्ने जगमा रहेर २०५४ सालको तत्कालिन जिल्ला विकास समितिले दोलखाको वृहत्तर योजना वनाएको थियो । सोही वृहत्तर योजना भित्र अहिले दोलखाको विकास भैरहेको विषयमा चर्चा भयो । दोलखा एमालेको सोच अनुसार वजेट भित्रका कार्यक्रमहरु समावेश भएकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय वैठकबाट भयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने सन्दर्भमा यो सुरुङ्ग मार्गको सोच विकास भएकोमा स्वागत समेत गरेको छ । कार्यान्वयनको अठोट समेत जाहेर गरेको छ । नेकपा एमालेको सोचलाई नेपाल सरकारले अपनत्व लिएकोमा खुसी व्यक्त गरिएको छ ।
हो, यो योजना असाध्यै महत्वकांक्षी सपना हो । तर जरुरी छ भने सपना देख्नु आवश्यक छ । अहिले झट्ट हेर्दा यो योजना अनावश्यक पनि लाग्न सक्छ तर सपना जरुरी छ । यसको मतलव अरु प्राथमिकताको काम छाडेर यतै दौडने भनेको होइन । समृद्धिका रोजगारी अनी सुशासनका कामहरु पनि गरिरहने अनी यस्ता महत्वकांक्षी र दूरगामी प्रभाव पार्ने सपना तिर पनि लागिरहनु पर्ने छ ।
अहिलेलाई सुरुङ्ग सपना त्यो बेलाको केनडीको चन्द्रमा पुग्ने जस्तो धेरैले बकवास लाग्न सक्छ । अमेरिका पनि चन्द्रमामा मानिस पठाउने प्राथमिकताको विषय होइन भनेर चर्चा गरे होलान् । त्यो सपना पूरा हुनैं सक्दैन भनी अड्डी पनि लिए होलान् तर केनडीको सपना पूरा भयो । त्यस्तै हाम्रो दोलालघाट देखि चर्नावतीसम्मको सुरुङ्गको चर्चा पनि त्यस्तै हुन सकोस् । केनडीको चन्द्रमामा पुग्ने सपना झैं नेपाल सरकारको नेतृत्व गरिरहनु भएका केपी ओलीको चर्नावती सुरुङ्गबाटै पुग्ने सपना उस्तै उस्तै देखिंदैछ । केनडीका चन्द्रमाको सपनामा १० वर्ष अवधी थियो । केपीको चर्नावतीको सपनामा अवधी तोकिन बाँकी छ । सपना देख्ने अनी अनुकुल वातावरण तयार गरी साझा प्रतिवद्धता सहित ईच्छा शक्ति भएमा पूरा नहुने कुरै छैन । कम्तीमा पनि हामी दोलखाली एकजुट भएर कार्यान्वयनकालागि दबाब, पहल र सहकार्य गर्न सक्यौं भने संभव होला ।
अन्त्यमा, छोटो दूरीमा २ ठुला छिमेकी देश जोड्ने सडक अन्तिम चरणमा पुगेको छ । त्यो भिट्टामोड फलाक सडक र संघीय राजधानी काठमाडौं पनि जोडिनु पर्दछ । यसकालागि सुरुङ्ग मार्ग जरुरी छ । अहिलेको सोच अनुसार भीमेश्वर नगरपालिका वडा नं. ८ मा रहेको चर्नावतीमा सुरुङ्ग प्रवेश विन्दु भएमा चरिकोट वजार पनि पुर्नजागरण हुनेछ । करिव २ हजार मिटर उचाईमा रहेको चरिकोटको चर्चा छ नैं । चरिकोटको आडैमा रहेको चर्नावतीको पनि चर्चा वढ्नेछ । भीेमेश्वर र कालिञ्चोक मन्दीर लगायतका रमणिय ठाउँमा देश विदेशका पर्यटकहरुको घुईचो बढ्नेछ ।

