चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन प्रधानमन्त्रीलाई रास्वपाको माग

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन माग गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद गणेश पराजुलीले यस्तो माग राखेका हुन् ।
‘लिम्पियाधुरा, लिपुलेख, कालापानी यी क्षेत्रहरू नेपालका अविभाज्य भू(भाग हुन् भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको दृढता कायम रहेको बताएका छन् ।

सन् १८१६ को सुगौली सन्धिबाट नै नेपालको पश्चिमी सीमा काली नदी ठहरिएको ऐतिहासिक तथ्य कुनै विवादको विषय बन्नै नसक्ने पराजुलीले बताए ।
लन्डनको ब्रिटिस लाइब्रेरीमा रहेको cartographic evidence अर्थात् १८२७ मा प्रकाशित सर्भे या भारतको पहिलो ब्रिटिश नक्सा होस् वा १८५६, १८७९ र १९०४ मा छापिएका अन्य नक्साहरू, सबैले स्पष्ट देखाएको उनले बताए । यी नक्साहरूमा काली नदीको उद्गम लिम्पियाधुरा भनिएको र यही नदी नेपालको पश्चिमी सीमा भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *