चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकियो

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकि दिएका छन् ।

पोखरा , कर्णाली, पाटन र कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुको चार वर्षे कार्यकाल गत चैत्र २३ देखि २७ गतेसम्म सकिएसँगै गत बिहिबार कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् ।

चारवटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था रहेको छ ।

निमित्त उपकुलपतिको जिम्मेवारी डीन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ, रेक्टर डबलबहादुर धामी, रेक्टर प्रा.डा. पवन शर्मा र संजीव शर्मालाई दिइएको छ । निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्म नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *