काठमाडौं । दश स्थानीय तह रहेको जिल्लाबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट उत्पादित साप्सुखोला जलविद्युत् आयोजनाको बाँधभन्दा मुनिका भागमा पानी सुकेर समस्या भएको छ ।
साप्सुखोलामा सञ्चालित जलविद्युत् आयोजनासँगै तीनवटा जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । बाँधदेखि ड्यामसम्मको करिब चार हजार दुई सय मिटर क्षेत्रमा पानी सुकेपछि चराचुरुङ्गी तथा जङ्गली जनावरलाई समेत पानीको समस्या भएको स्थानीयले बताएका छन् । खोलै सुक्ने गरी पानी फर्काएर जलविद्युत् आयोजना सञ्चालन गरेपछि आफूलाई चाहिएको समयमा खेतबारीमा पानी लगाउन समस्या भएको स्थानीयको भनाई समेत रहेको छ ।
खोला सुक्ने गरी जलविद्युत् आयोजनाले पानी फर्काएको विषयमा जिल्ला प्रशासन कार्यालयमा यसबारे जानकारी गराउँदा पनि आफूलाई अहिलेसम्म कुनै पनि निकायबाट कार्यान्वयन नभएको स्थानीयवासीले गुनासो पोखेका छन् ।
प्रवद्र्धक कम्पनीले खोलाको पानी नै सुकाएर जलविद्युत् आयोजना सञ्चालन गरेको विषयमा हिउँदको समयमा खोलामा पानीको बहाव घटेर कम भएकोले सम्झौंता अनुसार खोलामा भएको पानीको मात्राअनुसार कम्तिमा दश प्रतिशत हुने गरी पानी छाडि नै रहेको बताएका छन् ।
साप्सुखोला असला माछा पाउने जिल्लाका खोलामध्ये सबैभन्दा बढी पाउने खोलामा पर्दछ ।