काठमाडौं । गृहमन्त्री रमेश लेखक छन् । तर प्रहरी र सशस्त्रमा सरुवा र बढुवा गर्दा ब्रिफकेश तौलेर मात्र काम हुन्छ भन्दा अचम्म मान्नुपर्दैन । बुझाए पक्का, नबुझाए धरमर भएपछि एआईजी बन्न गुप्तचरबाट आएको टोलीले २०५२ को ब्याजी प्रहरीहरुलाई प्रहार नगर्ला भन्न सकिँदैन । गुप्तचरबाट आएको टोलीमध्ये सिद्धि विक्रम शाह (रुकुमे) एआइजी बन्ने चर्चा छ । प्रहरीकै दानबहादुर कार्की, डा. मनोज केसी, राजन अधिकारीलाई कार्यक्षमताका आधारमा प्रचण्ड सरकारको पालामा बढुवा गर्दा डा आरजुलाई पुष्पगुच्छा पुगेन । बालकृष्ण खाड गृहमन्त्री थिए त्यतिबेला यिनै आरजुले पैसा बुझेर सिफारिस गर्थिन् । त्यो बेला भानु देउवाका भाइ प्रकाश देउवाको चलखेल थियो ।
यिनकै कारण प्रहरी र सशस्त्रमा राजनीतिक पहुँच चर्कियो । आइजीपीहरु निरिह भए, अहिले ६ एआइजी पद रिक्त छ । कांग्रेसीहरूले कार्की, केसी र अधिकारीलाई पन्छाएर प्रहरीकै बदनाम गर्ने गुप्तचरबाट आएका सुशील राठोर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बर बिक बोकेको खण्डमा चन्द्र कुबेर खापुङ, लालमणि आचार्य, कृष्ण पोखरेलहरूको क्षमताले अर्थ राख्दैन । त्यसले गर्दा प्रहरी भित्र एआईजी बन्नेहरुको लागि करोडौंको चलखेल हुँदैछ । पैसाकै कारण एआइजी बढुवामा ढिलाई हुन पुगेको छ ।
कांग्रेस भनेका भ्रष्टचारी हुन् । कांग्रेसले दुबै प्रहरी संगठनलाई भगिनी समूह बनाएकै कारण गत चैत १५ मा सुरक्षा निकाय असफल भएको हो । राजावादीहरुको आन्दोलनमा घुसपैठ गरेर आतंक सिर्जना गर्ने माओवादी र राप्रपाका कार्यकर्ता थिए । त्यसैकारण सरकारले न्यायिक छानबिन नगर्ने भनेको हो । प्रहरी र सशस्त्र अहिले संरचनागत रुपमा ध्वस्त बन्दै गएका छन् ।