पत्रकार रवि लामिछानेको बरोमा बरिष्ठ ज्योतिषीले यस्तो भनेका थिए

जीवन दर्शन भिडियो समाचार

ज्यो.दीपक सुवेदीले पत्रकार लामिछानेको बारेमा एक ज्योतिषीय अभिव्यक्ति दिँदै रविलाई यो केशबाट ठूलो उपलब्धि मिल्ने बताएको एक विशेष भिडियो क्लिपको लिंक न्यूज टिम्मार्फात जर्नल ग्रुपलाई प्राप्त भएको छ । सगरमाथा टेलिभिजनको हलमा भइरहेको एक कार्यक्रममा आएको प्रश्नको उत्तर दिने क्रममा ज्यो। सुवेदीले रविलाई यो घटनाले विशेष उपलब्धि दिने तर्फ संकेत गरेका थिए । विशेष ग्रह लिएर आएका व्यक्तिहरुलाई समय समयमा विभिन्न कष्ट, संघर्ष हुने तर त्यसले अन्ततः उसलाई ठूलै उपलब्धि दिने हुन्छ । दुःख पर्यो भन्दैमा डराउन हुँदैन सुवेदीले भनेका छन् । भगवान राम, कृष्ण, बुद्धको उदाहरण दिँदै उनले भनेका छन् भगवानहरुलाई पनि धेरै कष्ट भएको थियो ।

ज्योतिषी, माताहरुले जे पायो त्यही बोल्दिने गरेकोले आफूहरुलाई राहत भन्दापनि तनाब बढ्ने गरेको हुनाले त्यसरी नबोलिदिन रविको परिवारको सदस्यले ज्यो। सुवेदीसँग भनेको हुनाले आफूले रविको ग्रहको बारेमा विश्लेषण गरेको भए पनि ऐले हल्का पाराले नबोल्ने तर आफूले रविको बारेमा गरेको विश्लेषण नराम्रो नभएर राम्रो भएको ज्यो। सुवेदीले सो भिडियोमा बताएका छन् । ज्यो। सुवेदी राजनीतिक क्षेत्रलागायतको पक्षमा उनले गरेको भविष्यवाणी पुग्ने गरेका एक चर्चित ज्योतिषी हुन् । विभिन्न टेलिभिजनहरुमा भविष्य निर्माण नामको ज्योतिषीय कार्यक्रम चलाउने सुवेदीले कुनै समयमा रवि लामिछानेले सिधाकुरा जनतासँग कार्यक्रम चलाउने न्यूज २४ टेलिभिजनमा पनि भविष्य निर्माण कार्यक्रम चलाएका थिए ।

सस्तो लोकप्रियता नखोज्ने, धेरै पनि नबोल्ने ज्यो। दीपक सुवेदीले गरेको भविष्यवाणी पूरा हुने गरेको जानकारहरु बताउँछन् । उनले गर्ने गरेको भविष्यवाणीको बारेमा मिडियालाई प्राप्त हुने गरेका कतिपय सूचनाहरुले सो कुरा पुष्टि गरेका छन् । ज्यो। सुवेदीले यस अघि गरेका भविष्यवाणीहरु धेरै पुगेको पाइन्छ । जस्तै उनले राजा विरेन्द्रको मृत्युको भविष्यवाणी गरे, पहिलो संविधानसभा र त्यसबेलाको राजनीतिक संयन्त्र काम नलाग्ने भविष्यवाणी गरे, दोस्रो संविधानसभाले संविधान जारी गर्ने भविष्यवाणी गरे, एवं प्रकारले गत माघफागुन महिनातिर राजनीतिकक्षेत्रको व्यक्ति दुर्घटनामा पर्ने भविष्णवाणी गरे । चैत्र महिनाको शुरुतिर देशमा विपत्ति आउँदै गरेको भविष्यवाणी गरे । सञ्चारक्षेत्रलाई जानकारी भएसम्म उनी एक कुशल ज्योतिषी हुन् । विभिन्न टेलिभिजन हुँदै यतिबेला उनी हेल्थ टेलिभिजनमा लोकप्रिय कार्यक्रम भविष्य निर्माण चलाउँछन् । उनैले छोटोमा रवि लामिछानेलाई यो केशले अझ राम्रो उपलब्धि दिने बताएका थिए । नभन्दै रवि यतिबेला संसारकै चर्चाका पात्र बनेका छन् । हिरो बनेका छन् । ज्यो। सुवेदीले रविको बारेमा बताएको भनाईको बारेमा जान्न चाहने व्यक्तिले ज्यो।दीपक सुवेदीको फोरकास्ट टेलिभिजन (एस्ट्रोलोजर दीपक गुरु) नामको युट्युबमा अपलोड भएको सो भिडियोको क्लिप हेर्नसक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *