पर्यटन क्षेत्रमा नाथम र यसको योगदान

अर्थ/वाणिज्य कर्पोरेट पर्यटन प्रमुख

नेपाल पर्यटकीय आकर्षणको हिसाबले विश्वका विभिन्न मुलुकहरु मध्यको एक हो । यहाँ पर्यटनको प्रचुर सम्भवना छ । पर्यटकीय आगमन बढाउन पछिल्लो समय सरकार तथा स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरु सुरु गरिएका छन् । साथै टुरिजम विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या पनि तिव्र रुपले वृद्धि भइरहेको छ । विषेश गरेर पर्यटकहरुको मुख्य गन्तव्य ग्रामीण क्षेत्र बन्ने गरेका छन् । ग्रामीण पर्यटनलाई प्रबद्र्धन गर्नका लागि अहिले होमस्टे खोल्ने लहर नै चलेको छ । ग्रामीण क्षेत्रमा पुगेका पर्यटकहरुलाई राम्रो सेवा प्रदान गर्ने मान्यताको साथ अघि बढाइएको होमस्टे निर्माणप्रति आकर्षण बढ्दै गएको पाइन्छ । गाउँमा जाने पर्यटकका निम्ति सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको होमस्टे कार्यक्रम अहिले शैक्षिक कार्यक्रमको रुपमा समेत अघि बढाउनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले विषेश भूमिका खेलिरहेको छ ।
यो एउटा यस्तो विश्वविद्यालय हो, जसले आवश्यकताअनुसार शाखाहरु खोल्न सक्ने तर अन्य सञ्चालनमा रहेका क्याम्पसहरुलाई समन्वयन दिने विश्वविद्यालयको रुपमा लिने गरिन्छ ।

हाल नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले सञ्चालन गरेको ग्रामीण क्षेत्र लक्षित तालिमहरु अन्तर्गत होमस्टे तालिम र साना होटल तथा लज व्यवस्थापन तालिम मुख्य छन् भने सहर लक्षित तालिमहरु अन्तर्गत स्थानीय टुर गाइड तालिम, ट्रेकिङ, टेकिङ पोर्टर गाइड, टुर गाइडलगायत विभिन्न खालका तालिमहरु समेत सञ्चालन हुँदै आएको छ । यी सबै शैक्षिक कार्यक्रम तथा व्यावहारिक तालिमहरुको उद्देश्य नेपालको पर्यटन क्षेत्रको स्तरोन्नतिलाई कसरी माथि उठाउने भन्नेमा नै केन्द्रित छ ।

यी कार्यक्रमहरु कतिपय नेपाल सरकार अन्तर्गतका छन् भने कतिपय नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान आफैँले सञ्चालन गर्ने कार्यक्रमहरु छन् । समग्र रुपमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले आफ्नै लगानीमा सञ्चालन गर्ने कार्यक्रमहरुको अनुपात करिब ८० प्रतिशत छ भने नेपाल सरकारअन्तर्गत सञ्चालन गरिने तालिम तथा कार्यक्रम २० प्रतिशत छ । यसरी नै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान अहिले आफ्नो आन्तरिक आम्दानीलाई बढाउँदै नेपाल सरकारको संरक्षकत्वमा आफैँ स्वाधीन संस्थाका रुपमा डिन विश्वविद्यालयको रुपमा सञ्चालन हुने मान्यता बमोजिम अघि बढेको छ ।

जसको जिम्मेवारी दुर्गादत्त ढकालले गरिराखेका छन् । स्याङ्जा जिल्लामा जन्मिएका ढकालसँग लामो समय सरकारका प्रशासनिक क्षेत्रमा रहेर काम गरेको अनुभव छ । अर्थशास्त्रमा स्नातक तह र जनप्रशासनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका उनले कानुनमा समेत स्नातक तहको अध्ययन गरेका छन् । ढकालले मुलुकलाई पर्यटकीय क्षेत्रमा अघि बढाउन विषेश भूमिका खेल्ने जनाएका छन् । नाथमले आफैँले पाठ्यक्रम निर्माण र तालिमहरुसमेत दिने गरेको छ । निजी क्षेत्रले समेत नाथमको स्ट्यान्डर्ड बनाउन चाहेको खण्डमा तालिममा सम्बन्धन पाउने व्यवस्था रहेको उनको दाबी छ । यस्तो व्यवस्थापनहरुलाई नाथमले सुरुवात गर्न लागिरहेको छ । ल्याबको कुरा गर्दा एउटा मोडल किचन र अर्को एडभान्स किचन गरेर दुई किसिमको किचन बनाउँदै आएको छ । यसैगरि यही वर्षबाट विदेश जाने नेपाली युवालाई लक्षित गर्दै बेकरी तालिम, यस्ता खालका तालिम पनि सञ्चालन गर्न लागिरहेको छ । यससम्बन्धि विधेयक तयार हुने तरखरमा छ । विधेयक पास भइसकेपछि नाथम पनि विस्तार हुनेछ । सात वटै प्रदेशमा संरचना निर्माण गरेर पर्यटन शिक्षा अघि बढाउने लक्ष्य राखिएको छ । यो छलफलका लागि मन्त्रिपरिषदमा पठाइएको छ । उनले भने, ‘हामीले अहिलेको कोर्स स्ट्यान्डर्ड हो । त्यही स्ट्यान्डर्ड अनुसार सातवटै प्रदेशमा विस्तार गर्दै छौँ । सुदुरपश्चिम प्रदेशको एक स्थानमा यसलाई विस्तार गरिने छ । एउटै कार्ष र तालिमको पनि व्यवस्थापन गरिने छ ।’

यदि कसैले तालिम दिन चाहेको खण्डमा स्थानीय स्तरमा आफैँले तालिम सञ्चालन गर्न सक्ने पनि उनले बताएका छन् । उनले भने, ‘यसलाई हामीले मेन्टेन गर्ने छौँ । हामीले गर्ने एउटा स्ट्यान्डर्डले गर्छौँ । अरुहरुले अरु स्ट्यान्डर्डले गर्ने गरेका छन् । यो एकदमै ठिक कुरा हो । अहिले क्वालिफिकेसन पनि तोकिएको छ । १२ पास या एसएलसी गरेर २ वर्षको अनुभव हुनुपर्ने, यो व्यवस्था हामीले गरेका छौँ । सुधारका कामहरु भइरहेका छन् । हामीले अहिले मन्दिर र जेनेरेटर पनि सुरक्षित राखेका छौँ । अफिसको संरचाना पनि निर्माण गरिरहेका छौँ । अफिसमा सवारी राख्ने ग्यारेज बनाएका छौँ ।’
उनका अनुसार नाथमले प्रदेश सरकारका प्रर्यटन मन्त्रालयसंग सम्बन्धन गरेर काम गर्ने सोच बनाएको छ । कम्युटर ल्याउने, स्रोत व्यवस्थापन गर्ने, कर्मचारीलाई तलब दिने र आफ्नै विद्यार्थीलाई पनि प्रयोग गर्न सकिने भएकाले विधार्थी परिचालनमा पनि समस्या नहुने उनले बताए । जनशक्ति पनि उत्पादन गर्न मिल्ने र व्यवस्था गरेको उनले बताएका छन् ।

पर्यटन क्षेत्र विकासको क्रममा त्यससँग जोडिएका अन्य कुराहरुलाई पनि सँगै लैजान सकिने हो भने मात्र पर्यटन प्रवद्र्धनको दीगो विकासका अवधारणालाई साकार बनाउन सकिने उनी बताउँछन् । नेपालमा पनि त्यसै किसिमले कामहरु अघि बढाउनुपर्ने उनी बताउँछन् । तर सबै विषयहरुलाई सम्बोधन नगरी केही विषयहरुलाई मात्रै साथ लिएर अघि बढियो भने मुलुकको विकास अल्पकालिन मात्र हुन सक्ने उनी बताउँछन् । उनी अगाडि बताउँछन्, ‘यसै कारण दिगो विकासको अवधारणा बमोेजिम हामीले हाम्रो विकासलाई अघी बढाउनु पर्ने जरुरी छ ।’
ग्रामीण क्षेत्रमा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित होमस्टे सञ्चालन गर्दा त्यहाँ आउने पाहुनाहरुको चाहना के हुन सक्छ भन्ने सम्बन्धमा होमस्टे सञ्चालकले ख्याल गर्नुपर्छ । यस्ता कुराहरुमा जानकारी हुन सके मात्र उनीहरुले राम्रो सेवा दिन सक्ने र सोही बमोजिम नाथमले होमस्टे सम्बन्धी शैक्षिक कार्यक्रम नै सञ्चालन गरेको उनलेब बताएका छन् ।

पर्यटन प्रवद्र्धनको निम्ति होमस्टे सञ्चालन गर्ने क्रममा पनि केही सेवाहरु थप गर्नुपर्ने र केही सेवाहरुमा विविधिकरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन् । उनले भने, ‘हामीले नियमित रुपमा अहिलेसम्म जुन किसिमले सेवा दिँदै आएका छौँ, त्यसमा केही परिवर्तन गर्दै विविधिकरण गर्न सकेको खण्डमा त्यसले पर्यटकहरुमा नयाँ सन्देश प्रवाह गर्न सक्छ ।’
उनका अनुसार यसअन्तर्गत खानाको स्वाद अर्थात् परिकार तथा स्थानलगायत रहन सक्छन् । साथै खानाको परिकारको हिसाबले हेर्दा पनि नेपाल निकै धनी भएको भन्दै उनले भने, ‘नेपालको मेचीदेखि महाकालीसम्म ठाउँको विविधिकरण हुँदै जाने क्रममा ती क्षेत्रका खानाहरुमा समेत विविधिकरण छ । विभिन्न जातजातिका आफ्नै अलग–अलग परिकारहरु छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *