बौद्धबाट ८३ केजी रक्तचन्दन बरामद, २ जना पक्राउ

प्रमुख समाचार

महानगरीय प्रहरी वृत्त बौद्धबाट ८३ किलो रक्तचन्दन बरामद गरेको छ। विशेष सुराकीको आधारमा बौद्ध ६ रामहिटीबाट बुधबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रक्तचन्दन लुकाइछिपाइ काठमाडौं ल्याएको सूचना पाएपछि टोली खोजीमा जुटेको थियो,’ चन्दले भने। बौद्ध प्रहरीसँग केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन भएको थियो।

प्रहरीले प्रतिबन्धित रक्तचन्दनसहित बुधबार साँझ २ जनालाई बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले खेम्बा र नोर्बुम पक्राउ गरेको पुष्टि गर्दै उनीहरुको साथबाट ८३ केजी रक्तचन्दन बरादद गरिएको जानकारी दिए । रक्तचन्दनसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा रक्तचन्दनलाई प्रतिबन्ध लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *