शीतकालिन अधिवेशन नै अलपत्र

प्रमुख बिबिध लेख

सम्पादकीय

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी प्रकरण काण्ड लागेर जेल चलान भएका छन् । केही सहयोगीको डिजाइनमा चल्दै आएका प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डको बिस्तार गरे पनि आफ्नो योजनामा सफल भएका छैनन् । बरु प्रधानमन्त्रीमाथि एपेन्डिसाइट् रोग थपिएको छ । १२ वर्षदेखिको मृर्गौलाको समस्या छँदै छ । संघीयता बलियो बनाउन नसक्दा राज्य व्यवस्थामाथि धक्का लाग्छ । प्रदेश मुख्यमन्त्रीहरुले समेत प्रधानमन्त्रीसँग गुनासो गर्ने गरेका छन् ।
मधेसीको आक्रोश हटाउन पार्टीको इज्जतलाई टिकाउन पनि संघीयता बचाउनै पर्छ । प्रधानमन्त्रीको शरीरले सभामुख पदमा कसलाई ल्याउने भन्ने कुराको निक्र्यौल लगाउन सकेको छैन । शितकालिन अधिवेशनको ठेगान भएको छैन । उपसभामुख डा।शिवमाया तुम्बाहाम्फेले संसद चलाउन सक्छिन्, ओनसरी घर्ती मगरजस्ता एसएलसी पासले अर्काले लेखिएको शुद्धसँग पढ्न नजान्ने पनि सफल सभामुख भएकी हुन । तर प्रधानमन्त्रीले वचन दिन नसक्दा संघीय संसदको बैठक अनिश्चित बन्दै छ ।

नेकपाले राष्ट्रिय समस्याप्रति गम्भीरता देखाएको देखिँदैन । आफैँ जटिल अवस्थामा भएको नेताबाट पार्टीले अपेक्षा के गर्छ रु अहिले नेकपाले ध्यान दिएको विषय भनेकै उपचुनावको परिणमाको पर्खाइ हो भने पनि आवश्यक तयारी त गर्नु पथ्र्यो । पार्टीको सक्रियता कतै छैन । प्रचण्डले आफू कार्यकारी भएको गर्व गर्दैमा देशभर बिग्रेको सम्बन्ध सुधारिँदैन ।
सरकार र पार्टीले यसै महिनाभित्र सभामुखको टुंगो लगाउनुपर्छ । अस्पतालमा रहेका प्रधानमन्त्रीले बैठकमा भाग लिन नसक्दा संकटकालिन समयको पीडासँग जोडिएका सरोकारवालाहरुको माग पूरा गराउन कठिन छ । कानुन संशोधन नहुने गरी संवैधानिक आयोगहरुलाई द्वन्द्वको भूमरीमा पारियो । प्रक्रियाको शुद्धतामा समेत पुग्न यो सरकार र संसद सफल हुने स्थिति छैन । मुलुक यस्तै यस्तै समयमा पर्दा पार्टीभित्र मात्र होइन, सरकार असफल हुने त होइन रु शंका छ । यसको निवारण गर्ने उत्तमथलो संसद हो । जहाँ सभामुख चुन्न सकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *