सरकारले अनुसन्धान विभागमा माग्यो २३२ जना सूचक

प्रमुख राेजगार लोकसेवा

देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचकका लागि आज विज्ञापन खोलेको छ ।

सो सम्बन्धी आवेदन यही आउँदो माघ १९ गते सम्ममा दिनुपर्ने विज्ञापनमा भनिएको छ । विभागद्वारा आज प्रकाशित विज्ञापनमा जनाइएअनुसार विभागमा रिक्त रहेको सहायक सूच( राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

विज्ञापनमा उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने र एसएलसी वा एसइइ पास गरेको प्रमाणपत्र चाहिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *