कांग्रेसमा भिडन्तको नयाँ चरण

प्रमुख राजनीति

गत सोमबारबाट प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका संस्थापना इतर पक्षको भेला पार्टी कार्यालय झम्सिखेलमा बसिराखेको छ । गत पुस ११ गते संस्थापना पक्षले बहुमतको आधारमा पार्टीको १४औँ महाधिवेशनको मिति २०७७ साल फागुन ७, ८, ९ र १० गतेका निम्ति तोकेपछि तथा नेपाली कांग्रेसको २८ वटा विभागलाई बढाएर ४७ वटा बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसभित्रको विवादले नयाँ रुप लिएको हो । संस्थापना इतर पक्षले यो निर्णय फिर्ता नलिएसम्म केन्द्रीय कार्यसमितको बैठक बहिस्कार गर्ने निर्णय गरेसँगै पार्टीको परिवर्तित राजनीतिक स्थितिका सम्बन्धमा आफू निकट जिल्ला सभापतिहरुलाई छलफलमा बोलाएरपछि नेपाली कांग्रेस भित्रको विवाद नयाँ चरणमा प्रवेश गरेको हो ।
गत सोमबारबाट सुरु भएको कांग्रेसको संस्थापना इतर पक्षका जिल्ला सभापतिहरुको भेला पनि गत पुस ११ गते बहुमतको आधारमा पार्टीको १४ औँ महाधिवेशनको मिति तोक्न र विभागको संख्या बढाएर ४७ पु¥याउन गरेको निर्णय फिर्ता गर्नु पर्छ भन्नेमा नै केन्द्रीत भएर छलफल भई राखेको छ ।

यो भेलामा ७७ मध्ये ४३ जिल्लाका सभापतिहरुलाई सहभागी गराएर कांग्रेसको रामचन्द्र पौडेल पक्षले आफ्नो शक्ति संस्थापना पक्षलाई स्पष्टसँग देखाई दिएको छ । यो भेलामा कृष्ण सिटौला पक्षका जिल्ला सभापतिहरुको सहभागिता भएको भए संस्थापना इतर पक्षका सभापतिहरुको यो भेलामा दुई तिहाई जिल्ला सभापतिहरुको सहभागिता हुन सक्ने स्थिति देखिएको छ । यसरी रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्य समितिले बहुमतको आधारमा गरेको निर्णयको विरुद्धमा जिल्ला सभापतिहरुको भेला गरेर आफ्नो शक्ति प्रदर्शन गरेपछि सभापति शेरबहादुर देउवाले यो भेलामा सहभागी भएका जिल्ला सभापतिहरुलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएका छन् । यस भन्दा अगाडि सभापति देउवाले पौडेल पक्षले बोलाएको यो भेलामा सहभागी नहुन पार्टीका जिल्ला सभापतिहरुलाई चर्को दवाव दिएका थिए । सभापति देउवाको दवावलाई वेवास्ता गर्दै भेलामा जिल्ला सभापतिहरु भेला भएपछि सभापति देउवाले उनीहरु माथि अनुशासनको कारवाही गर्ने चेतावनी दिएका हुन् ।

सभापति देउवा आफूले मनोनित गरेका सदस्यहरु सहितको कारण केन्द्रीय कार्य समितिमा बहुमतमा भएपनि जिल्ला सभापतिहरुको मामिलामा भने सभापति देउवा अल्पमतमा रहेका छन् । यही कारणले गर्दा नै सभापति देउवा माथि दवाव बढाउन पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो । अब यो भेलाले गत पुस ११ गते बहुमतको आधारमा गरेको निर्णय नमान्ने निर्णय ग¥यो भने र जवाफमा सभापति देउवाले जवाफमा भेलाका सहभागी सभापतिहरुलाई अनुशासनको कारवाही गर्ने निर्णय गरे भने कांग्रेसको विवाद अर्को जटिल चरणमा प्रवेश गर्ने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *