सरकारले जनताका सबै समस्या समाधान गर्छ

अन्तरवार्ता अर्थ/वाणिज्य प्रमुख राजनीति वाग्मती प्रदेश

मधेसस्थित सर्लाही जिल्लाका किसानहरुले काठमाडौंमा धर्ना दिएका छन् । आफ्नो लाखौँ पैसा उखु मिलले खाइदिएपछि उनीहरु आन्दोलित भए । काठमाडौंस्थित माइतीघरमा २० दिनसम्म आन्दोलन पनि गरे । आन्दोलनको १५औँ दिनमा सरकार सम्पर्कमा आयो । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पहिलोपटक वार्तामा बोलाएका थिए । किसानले सरकारसँग ११ बुँदे माग राखे । फेरि आन्दोलनमै होमिए । दोस्रोपटकको वार्तामा लिखित सहमति भयो । तर, अझै किसानहरु अन्योलनमा नै छन् । सरकारले के साँच्चिकै किसानका समस्या समाधान गर्छ ? सरकारले जनता पक्षीय काम गरेको छ वा छैन ? लगायत विषयहरुमा आधारित भएर तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्वकर्माले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग गरेको कुराकानीको सम्पादित अंशः

० तपाई दोस्रोपटक मन्त्री बन्नुभएको छ । पहिलोपटक श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नु भयो । अहिले उद्योग मन्त्रालय सम्हाल्नु भएको छ । तर, श्रमको अनुभव बटुलेको मान्छेले किसानका समस्या किन बझ्नु भएन ?
मैले किसानका समस्या बुझ्न सकिनँ कसले भन्यो ? हामीले बुझेका छौँ । म आफैँ पनि किसान हुँ । खेतीपाती गर्छु । मेरो घरको आम्दानीको स्रोत र पेट पाल्ने आधार पनि कृषि नै हो । किसानका समस्या बुझेको छु । समाधान गर्ने प्रतिबद्धता पनि गरेको छु । र, मैले अवश्य पनि उहाँहरुको समस्या समाधान गर्नेछु । मुलुकको समृद्धिको प्रमुख आधार भनेकै कृषि हो । यसैले कृषि बेर्ना आवश्यक रहेको मैले महसुस गरेको छु । हामीले जनयुद्ध लडेको तिनै किसान र सर्वहारा वर्गका निम्ति हो । तत्कालिन समयमा वाचा गरेका छौँ । तराइका वस्तीहरुमा अब उद्योग र उत्पादनका कामहरुले तिव्रता पाउँछन् ।

लेखराज भट्ट
मन्त्री
उद्योग वाणिज्य तथा आपूर्ति

० तर, किसानलाई हरेक समय वाचा मात्र गरिन्छ । तपाईले माग पूरा गर्नुहुन्छ भन्ने के ग्यारेन्टी छ ?
किसानहरुलाई मौखिक रुपमा सुरुमै भनिसकेको थिएँ । दोस्रोपटक वार्ता भयो । त्यसबेला पनि मैले भने किसानका मागहरु सम्बोधन गर्छु । अहिले त अझ हामीले किसानसँग लिखित सम्झौता गरेका छौँ । पाँचवटा बुँदामा सहमति पनि भएको छ । अझै ढुक्क हुने आधार छैन भने कहिले हुन्छ ? यसैले म सबै किसान दाजुभाइहरुलाई भन्न चाहान्छु आउनुहोस् । तपाइका समस्या ल्याउनुहोस् हामी समाधान गर्छौँ ।

० सरकार सधैँ समस्या मात्र समाधान गर्ने भन्दै भाषण मात्र गर्ने ? समाधान कहिले गर्ने ?
सरकार किसानका समस्या समाधानकै लागि बसेको हो । हामीले समस्या समाधान गर्छौँ । यसैले त उहाँहरुका समस्या हामीले सुन्न चाहेका छौँ । सरकारले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन खोजेको छ । हामीले हाम्रा उद्योगहरु सञ्चालनमा ल्याउँदै छौँ । विगतमा सरकार र नेतृत्वहरुको कमजोरीले गर्दा हाम्रा उद्योगहरु समस्यामा छन् । थला परेका छन् । ती समस्या अब समाधान हुन्छन् । हामी सरकारलाई सोही दिशामा अगाडि बढाइरहेका छौँ । सरकारले लगानी गरेका सबै उद्योगहरु अबको केही वर्षमै सञ्चालनमा ल्याएर हामीले मुलुकलाई चिनी र अन्य उत्पादनमा आत्मनिर्भर बनाउदै छौँ । यसमा सरकार र उद्योग मन्त्रालयले गृहकार्य गरिरहेको छ ।

० तपाइले सरकार बाहिर रहँदा सुदूरपश्चिममाथि सरकार र पार्टीबाट विभेद भयो भन्नु हुन्थ्यो । अचेल कुनै प्रतिक्रिया आउ“दैन । सुदूरपश्चिमका समस्या समाधान भएका हुन् ?
सुदूरपश्चिमका समस्या अहिले पनि उस्तै छन् । अहिले पनि हेर्ने दृष्टि फेरिएको छैन । यद्यपि परिवर्तनको दिशामा छ, अहिले । त्यसमा अझ सुधार आउन त समय लाग्छ । सिंहदरबार नै कायापलट हुनुपर्छ । त्यहाँ अहिले पनि दरिद्र मानसिकता भएका अदृष्य शक्तिहरुकै गठजोड छ । यस्ता दरिद्र चिन्तनहरु परिवर्तन हुनुपर्छ । यो एकजना मात्र होइन, त्यहाँ समूह नै छ । जसले आफ्नो पुरानो मानसिकतालाई त्याग्न सकेका छैनन् । अहिले हेर्नुहोस्, विकास कहाँ छ ? सबै गण्डक वरिपरि नै छ । सडक, बजार र विमानस्थलका हिसाबले पनि काठमाडौँमा अन्तर्राष्ट्रिय विमानस्थल छँदै छ । त्यसलाई अझै बिस्तार गर्ने कुरा आफ्नो ठाउँमा छ । त्यो आवश्यक पनि छ । त्यहाँको मैले विरोध पनि गरेको होइन तर, पोखरा नजिकै छ । १५ मिनेटको दूरीमा अर्को विमानस्थल अन्तर्राष्ट्रिय ? यता २५ मिनेटमा भैरहवामा छ । त्यस्तै निजगढको बन्दै छ १५÷२० मिनेटको दूरीमा । यो विमानस्थल पूर्वमा विराटनगर या धनगढी बनाउँदा राम्रै हुन्थ्यो । त्यसले विकासको औचित्य र सन्तुलन मिलाउने काम कम भयो । हिजोदेखिको जुन पावर सेन्ट्रलाइज छ । त्यसले विकासलाई पनि त्यहीँ जोड्छ । अन्य नियुक्तिहरू पनि त्यहीँ केन्द्रित हुन्छ । त्यसलाई ब्रेक गर्न नेतृत्व नै आवश्यक छ । त्यसका लागि हामीले बारम्बार आन्तरिक र बाह्य संर्घष गर्दै आइरहेका छौँ । त्यो निरन्तर हुनुपर्छ भन्ने लाग्छ ।

० सुदूरपश्चिम प्रदेश सरकारले राजधानी तोकेको एक वर्ष पूरा भइसकेको छ । कार्यान्वयनमा आएन, तपाइको चासो यसतर्फ कहिले जान्छ ?
हामीले बारम्बार दबाब दिइरहेका छौँ । प्रदेश सरकारले पनि संघीय सरकारलाई दबाब दिइरहेको छ । सर्वोच्वमा मुद्दा परेको छ । केन्द्र सरकारले त्यसको निर्णय गर्नुपर्ने हुन्छ । यो वनको अधिकार भएकाले अझै प्रदेश सरकारमा आइसकेको छैन । त्यसै कारणले भोगाधिकारका लागि केन्द्र लेनै त्यसको निर्णय गर्ने हो । त्यहाँ ढिलाइ भइरहेको छ ।

० राजधानी सर्ने हल्ला पनि छ सुनिन्छ नी ?
मलाई त्यस्तो लाग्दैन । सदनको दुई तिहाइले पारित गरेको कुरालाई अहिले सर्छ भन्ने हुँदैन । सरे पनि त्यो कहाँ सर्छ ? उपयुक्त ठाउँ त्यही हो भन्ने लाग्छ मलाई । आम जनताबाट पनि त्यही ठाउँ उपयुक्त हो भन्ने धारण आएको छ । यो सर्ने सम्भावना मैले देख्दिनँ ।

० सुदूरपश्चिम प्रदेश सरकारको कामबाट नेतृत्तव कतिको सन्तुष्ट छ ?
काम कारबाही केही ढिला गति त देखिएको छ । तर, पछिल्लो चरणमा त्यसले केही गति लिन खोजेको जस्तो देखिन्छ ।

० सांसदले सभामुख कहिले पाउ“छ रु अहिले के भइरहेको छ छलफल ?
अहिले पार्टीको भित्री संरचना निर्माणका कामहरु भइरहेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षज्यूहरुले आफैँ पनि यसमा लाग्नु भएको छ । सांसदले चाँडै सभामुख पाउँछ । अहिले यत्तिकै भन्न मिल्दैन । पार्टीको आधिकारिक जानकारीपछि सबैले यसमा विषयमा थाहा पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *