कतिपय मुलुकहरुलाई नेपालको शान्ति अवस्था मन परेको छैन । धार्मिक हिसाबले हेर्ने हो भने विश्वमै नेपाल अत्यन्तै गौरव गर्न लायक मुलुक हो । यहि भएकाले नेपालमा कहिल्यै पनि धार्मिक युद्ध भएको छैन । यहाँ एक धर्मले अर्को धर्ममाथि देखाउने सहिष्णुतालाई विश्वले अपनाउन खोजेको छ । अन्य मुलुकहरूमा धर्मका नाममा मारामार काटाकाट भइरहेको छ । तर, नेपालमा भने एक धर्मले अर्को धर्मप्रति देखाएको सदासयता कहिल्यै बिर्सन नसकिने खालको छ । यहाँ धर्मका नाममा कोही तल, माथि गरिएको छैन । एक धर्मले अर्को धर्मलाई स्वीकार गरेको अवस्था छ । यो चलन आज बनाइएको नभएर सदियौ“देखि चल्दै आएको चलन हो । हिजो जो जस्ले जे धर्म मान्यो, त्यसमा कोही कसैको हस्तक्षेप छैन । यत्तिका मिल्दो मुलुक नेपाल भएकाले नै नेपाललाई विश्वकै अनुपम मुलुकका रूपमा चिनिँदै आएको देखिन्छ । यहि चलन विश्वका कतिपय मुलुकले अपनाउन चाहे पनि उनीहरूले आफ्नो जनताको मनमा धार्मिक सहिष्णुता जगाउन नसक्दा धर्मका नाममा लाखौँ जनताले ज्यान गुमाइरहेको देखिन्छ । यसै कारणले नेपालले विश्वमै धार्मिक सहिष्णुताको सन्देश लिएर निस्कनुपर्ने भएको छ । नेपाल धार्मिक सहिष्णुताको अनुपम मुलुक भएकाले नै आजसम्म मुलुकमा धार्मिक युद्ध कहिल्यै पनि आएको छैन । तर, अहिले केही समूहले धर्मका नाममा युद्ध चाहेका छन् । नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भाव भएकाले त्यसप्रति नेपालले मात्र नभएर विश्वले गर्व गर्नुपर्ने बेला धर्मका नाममा लडाइँको बिउ छर्न खोज्नेहरू क्रियाशील छन् । उनीहरूलाई आज नै सरकारले दण्डित गर्नुपर्छ । यो समाजलाई बिगार्न पाइ“दैन । एक नेपाली र अर्को नेपालीसित वैरभाव साट्न लगाउने समूहलाई सरकारले कुनै पनि हालतमा माफी दिनु मिल्दैन । विश्वमा धेरै स्थानमा धार्मिक तथा जातीय युद्ध भएको तर नेपाल सानो देशमा विभिन्न धर्म र सम्प्रदाय तथा सामाजिक विविधतायुक्त भएर पनि कहिल्यै पनि धार्मिक तथा जातीय युद्ध भएको छैन, धार्मिक सहिष्णुताको अनुपम उदाहरण पाउन सकिने मुलुकमा अस्थिरता पैदा गराउने काम गर्न खोज्नु अपराधभन्दा अरु केही होइन । डलर र भारुको लोभमा नेपाललाई धार्मिक युद्धमा होम्नका लागि विभिन्न षड्यन्त्र भइरहेको छ । यसलाई रोक्न सरकारले कुनै न कुनै रुपबाट तदारुकता देखाउनै पर्छ ।
नेपालको धार्मिक सहिष्णुताको भित्री रहस्य थाहा पाउन पश्चिमा मुलुकहरुले अनेकौँ अध्ययन गर्दै आएका छन् । यसैमा छाउपडीको विषयलाई अघि सार्ने काम गरेका छन् । यसैमार्फत पश्चिमा मुलुकहरु नेपाल भित्रिँदै आएका छन् । यसमा डलर बाँडेर नेपालीको गरिबीको मौका उठाउँदै आएका छन् । अहिले छाउगोठको भाषणले आमजनतालाई वाक्क पारिसकेको छ । हरेक सञ्चारमाध्यमा कुनै न कुनै रुपबाट छाउपडीको समाचार नआउने भए, उक्त समाचारपत्र बिक्दैन, अनलाइन समाचार पोर्टल खुल्दैनन् । यो अत्यन्तै खुसी लाग्दो कुरा हो । समाजमा व्यप्त गलत संस्कारलाई कुनै न कुनै रुपमाट हटाइनै पर्छ । यहाँ रगत चल्ने तर उनको हातको पानी नचल्ने संस्कार देखिएको छ । यो कस्तो संस्कार हो । एक मानिस अर्को मानिसबाट अछूत हुनुपर्ने, कस्तो संस्कार ? यहि कारण यो समाज सााँच्चै बिखण्डित छ । अहिले एउटा खेमाले क्रिस्चियनहरुको विरोध र अर्को खेमाले समर्थन गरेको सुनिन्छ । नेपालजस्तो धार्मिक सहिष्णुता कायम रहेका मुलुकमा धर्मको बारेमा द्वन्द्व हुने सम्भावना बढ्दै गएको छ । अहिले यसको विरोध गर्नेहरु बग्रेल्ती पाइन्छन् । तर, यसको कारण चाहिँ कोही कसैबाट खोजिएको छैन । मुलुकमा क्रिस्चियनहरुको संख्या बढ्नुको कारक तत्व नै छूत र अछूतका कारण हो । मानिसलाई सानो जात र ठूलो जातको भनिएका कारण समाज बिखण्डित छ । यो जातीय विभेद् हटाउने हो भने क्रिस्चियन धर्मलाई अँगाल्नेहरु फेरि आफ्नो स्थानमै आउँछन् । तर, जातीय विभेद् हटाउन कस्ले नेतत्व गर्ने ?
अहिले छाउपडी प्रथा पनि त्यहि भएको हो । अहिले पश्चिममा छाउपडी गोठ बन्ने क्रम जारी हुनु भनेको पनि त्यहि हो । नेपालीको हरेक घरमा रजस्वला भएकी महिलालाई ३ दिनसम्म छुट्टै राख्ने तर पश्चिममा घरबाहिर राख्दा चाहिँ आवाज उठाउने ? यो कस्तो आवाज हो ? पश्चिममा जारी छाउपडी प्रथा हटाउने हो भने हरेक नेपालीले ३ दिनसम्म छुट्टै राखिने प्रथा बन्द गर्ने हिम्मत गर्नुपर्छ । रजस्वला भएकी महिलाले तेस्रो दिन नुहाइधुवाइ नगरी श्रीमान्सँग सुत्न पाउँदिनन् । उसले खाने थाल बेग्लै हुन्छ । यत्तिसम्म कि अरुले प्रयोग गर्ने कुनै पनि सामान ती महिलाले ३ दिनसम्म छुनसम्म पाउ“दिननन् । फरक यत्ति हो, पूर्व वा मध्यतिर घरभित्र बस्छन्, तर पश्चिममा भने घरबाहिर । पश्चिमको छाउगोठ भत्काएर वाहवाही कमाउने इच्छा पाल्नेहरुका कारण यस्तो काम भएको हो । रजस्वला भएकी महिलालाई घरमा नै अछूत राख्ने नेपालीले ठूलो कुरा गर्नु सुहाउँदैन । रजस्वला भएकी महिलालाई घरमा खाना पकाउनदेखि लिएर पूजापाठ गर्न लगाउने हिम्मत कोहीसँग छ ? देखावटी होइन, व्यवहारमा यसलाई हटाउने गरी अभियान चलाउने कोही छ ?
डोटीमा छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीले तथ्यांक निकालेको छ । तर, आज त्यहि प्रहरीले रजस्वला भएकी श्रीमतीको हातको पानी खाँदैनन् । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी छ । तर, तिनै जनप्रतिनिधिहरुले रजस्वला भएकी श्रीमतीलाई खाना पकाउन लगाउँछन् त ? सक्दैनन् । हो, यहि हो, देखावटी र व्यवहार । गाउँमा छाउपडी गोठ भत्काउने अभियान सुरु गरेर सञ्चारमाध्याममा नाम आउला तर उसले आफ्नो मनमा रहेको विद्यमान छाउगोठ भत्काउने हिम्मत गर्ने को ? छाउगोठ भत्काएर केही हु“दैन । यस्ता गलत संस्कार छन् भने यसलाई हटाउन सरकारले नै कुनै न कुनै रुपबाट हटाएर यसलाई सामान्य रुपमा ल्याउनुपर्छ ।
हुन त आफ्नो देशको सिमानाको सुरक्षा गर्न असफल सरकारले देशमा व्यप्त कुसंस्कारविरुद्ध जनचेतनाका कार्यक्रम ल्याउने सम्भावना भने कमै देखिन्छ । राष्ट्रवादको नारामा बनेको वर्तमान सरकारको राष्ट्रवाद नेपाली सीमामा पोखिएको छ । राष्ट्रवादको भाषण गर्न नथाक्ने नेताहरू सत्तामा पुगेपछि सीमा मिचि“दा पनि बोल्न नसक्नु उदेकलाग्दो अवस्था हो । इतिहासमा नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर भएको भनिए पनि वास्तवमा यो क्षेत्रफल घटेको छ । तर, सरकारलाई कुनै वास्ता छैन । आफ्नो कुुर्सी जोगाउनुभन्दा अरु केही नजान्ने सरकारले नेपालको सीमा रक्षा गर्न असफल भएकै हो । नेपालले उहिले ५० वर्षअघिको नक्साले काम चलाएको छ । उसले आफ्नो नयाँ नक्सा सार्वजनिक गर्न नसक्नु ज्यादै लज्जास्पद कुरा हो । भारतले नेपाली जग्गा मिचेर भारत बनाइसक्दा पनि नेपाल सरकार बोल्न सकेको छैन । सत्तामा बस्ने रहरलाई पूरा गरिदिने हो भने सरकारले मुलुक नै बेच्न तयार देखिएको छ । आफूलाई सत्तामा टिकाउनका लागि टनकपुर, महाकाली बेच्ने सरकारले कुनै बेला नेपाल बेच्न पछि पर्दैनन् ।
नेपाली जमिन भनेर चिनिने कालापानी र लिम्पियाधुरा भारतले मिचिसकेको छ । यस्तो अवस्थामा भारतले नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । नेपालको भने आफ्नो नक्सा सार्वजनिक गर्न सकेको छैन । राष्ट्रवादको नारा लगाउन नथाक्नेहरू आज देशको सीमाको सुरक्षा गर्न नसक्नुको कारण नेपाली जनतालाई यसको जवाफ दिनैपर्छ । अब राष्ट्रवादी सरकारले नेपालको सम्पूर्ण भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्नै पर्छ । जुन आधिकारिक नक्सा होस् । आफ्नो भूभाग मिचिएको छ भने यसलाई कुनै पनि हालतमा फिर्ता ल्याउनै पर्छ । यसरी अरुको भूमि मिच्ने अन्तर्राष्ट्रिय कानुन नभएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्नैपर्छ । अन्यथा सरकारले कुर्सी छाड्नै पर्छ । नेपाली जमिन मिचिएको छ भने यसलाई कूटनीतिक पहलबाट समस्या समाधान गर्न सरकार अघि सर्नुपर्छ । अन्यथा सरकारले नेपालको नक्सा सार्वजनिक गरेर सो नक्सालाई विश्वविद्यालय, विद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय स्तरमा पनि वितरण गर्नुपर्छ ।
नेपालले आफ्नो सम्पूर्ण भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्नु पर्छ । कुर्सी र सीमाबीच लेनदेन गर्नु हु“दैन । अहिले सरकारमा रहनेहरूले सीमा र कुर्सी साटासाट गरेको देखिन्छ । सरकारले आफ्नै देशको भूभाग समेटेर नक्सा सार्वजनिक गर्न अलमल गर्नुको पछाडि अनेकौँ कारणहरू हुन सक्छन् । देशको नक्सा सार्वजनिक गर्न सरकारलाई कसैले रोकेको छैन । रोकेको छ त केवल, कुर्सीले । सरकारको कुर्सीले त मुलुकको रक्षा गर्नुपर्ने हो तर यहाँ त्यसो नभएर सीमालाई कुर्सीसँग साटिएको छ । सरकारलाई जनस्तरबाट व्यापक दबाब सिर्जना भइरहँदा पनि सरकारले नक्सा सार्वजनिक गर्न नसक्नु योभन्दा अर्को दुर्गति हुनै सक्दैन । सरकारले मुलुकको नक्सा जारी नभएपछि नागरिक स्तरबाट नयाँ नक्सा सार्वजनिक गर्ने काम भएको छ । जनताले देशभक्ती देखाउ“दा पनि सरकारले भने केही चासो नदेखाउनु सरकारमा केही न केही दाग छ । नापी विभागले नक्सा सार्वजनिक गर्न स्विकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको बताइन्छ । यस्तो सरकारबाट मुलुक शसित छ भने अरु कुरा के गर्नु ? परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित गर्न सकेको छैन । तैपनि उसले आफूलाई राष्ट्रवादी भनेर भन्न छाडेको छैन । राष्ट्रवादी हो कि होइन भनेर सरकारले नया“ नक्सा सार्वजनिक गर्नुपर्छ अन्यथा सरकारमाथि शंकाको बादल मडारिने छ । मुलुकमा राष्ट्रवादको कुरा उठिरहँदा छाउपडी, एमसिसीको मुद्धालाई अघि सारेर नेपाली जनताको ध्यान अन्तै मोड्ने तरखरमा छिमेकी मुलुकहरु लागिरहेको हुनाले सरकारले आफ्नै तजबिजमा योजना बनाएर अघि बढ्ने हो भने धार्मिक सहिष्णुता तथा कुसंस्कारहरु आफैँ हट्दै जाने छन् ।