अख्तियारले किन गर्छ पक्षपात ?

प्रमुख प्रशासन लेख विविध

मन्त्रीहरुले सम्पत्ती विवरण बुझाउनु नपर्ने, नेता र सांसदले पनि बुझाउनु नपर्ने गरी सरकार छाडा भएको छ । तर, कर्मचारीले भने सम्पत्ति विवरण बुझाएनन् भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाइलाग्ने कस्तो कम्युनिस्ट पार्टीको सरकारको सुशासन ? अख्तियारले कर्मचारीलाई लखेट्ने तर ठूला नेता र ठूला मन्त्रीमाथि किन कारबही हुँदैन ? यति एयरलाई राज्यको सम्पत्ति सुम्पने नेपाल टष्ट्रको निर्णयप्रति अख्तियारले चासो किन राखेन ? त्यहाँ प्रधानमन्त्री र उनका विश्वासपात्र उपप्रम तथा रक्षामन्त्री नेपाल ट्रष्टको अध्यक्ष रहेका छन् । उनको निर्णय प्रधानमन्त्रीले स्वीकृत दिने भएकाले अख्तियारले नेपाल टष्ट्रको नाउँमा भएका कानुन विपरीतको कामलाई नजर अन्दाज नगर्ने अवस्थामा पुगेको छ ।

कम्युनिस्ट पार्टीका नेता आफू अनुशासित भएको भए भ्रष्टाचार कमिसनमा नलागेका भए कर्मचारी डराउँथे, ठेकेदार सतर्क हुन्थे । अहिले मन्त्रीले सम्पत्ति विवरण बुझाउनु नपर्ने नीतिले सम्पत्ति विवरण बुझाएनन् भन्दै अख्तियारले धाक लगाउनै पर्दैन किनकि अख्तियारमा भएका अधिकांश कर्मचारी मालपोत, कर, भूभिसुधार, नापी, स्थानीय तह, कानुनी क्षेत्रमा बसेर बदनाम हुँदै सम्पत्ति थुपारेका कर्मचारी अख्तियारमा छन् । आफैँविरुद्ध परेको उजुरी दबाउनकै लागि अख्तियार जानेहरुले निजामित कर्मचारीहरुलाई पत्र काट्ने नैतिक धरातल राख्छन् ।

नैतिक धरातल नेतृत्वले राख्नुपर्छ । प्रधानमन्त्रीले ललिता निवास प्रकरणमा मुछिएका व्यक्तिलाई कुन नैतिकताले पार्टीको महासचिव पद दिए ? सुकुम्बासीको नाउँमा बुटबलमा १ कठ्ठा जग्गा पाएका नेता २६ वर्षको राजनीति जीवनमा अर्बपति कसरी भए ? बालुवाटारमा आनाको ५० लाख पर्छ । जनता बुद्धिहीन, अविवेकी, लाटो छैनन् । ठूलाले जे गरे पनि हुन्छ, ऐन कानुन सानालाई लाग्छ । नेपालमा अराजकता ठूलाबाटै सुरु हुन्छ । जब मन्त्रिपरिषद्का सदस्यले नै सम्पत्ति विवरणप्रति जिम्मेवार हुनु पर्दैन भन्ने सन्देश सरकारले दिन्छ, त्यो बेला निजामति कर्मचारीलाई मात्र बाँधेर हुँदैन ।

ठूला नेता शुद्ध भए पो कार्यकर्ता, मन्त्री, कर्मचारीहरुमा नैतिकताको डर हुन्छ । मन्त्री नै गुटको हितमा मनपरी निर्णय गर्छन्, त्यो बेला न त पार्टीको इज्जत बच्छ, न त नेता र नेतृत्वको प्रतिष्ठा नै । अहिले सरकारले जनअपेक्षलाई तोडेको छ । पार्टी र सरकारबीचको समन्वय नहुँदा सरकार पनि कसैको सद्भाव छैन । त्यही कारण प्रधानमन्त्रीले नै बहुमतको सरकारलाई ढाल्न भित्रभित्रै षड्यन्त्र भएको बताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *