उदयपुर सिमेन्टको प्रतिपस्र्धी बन्न अरु कम्पनीहरुलाई गाह्रो नै पर्छ

अन्तरवार्ता

 

० उदयपुर सिमेन्टको अवस्था कस्तो छ ?
उदयपुर सिमेन्टको अवस्था हाल राम्रो छ । बजार व्यवस्थापनका हिसाबले पनि हामी तीव्र रुपमा अगाडि बढिरहेका छौँँ । यसको प्रयोग गर्ने उपभोक्ताहरुले पनि सकारात्मक कुराहरु राख्नुभएको छ । हामी विश्वास जित्दै अगाडि बढिरहेका छौँ ।
० उत्पादन कति भइरहेको छ ?
उत्पादनको हिसाबले पनि अहिले हामी तीव्र रुपमा उत्पादन गर्न सफल भएका छौँ । धेरै नभए पनि दैनिक ७ सयदेखि ८ सय क्विन्टल उत्पादन गरिरहेका छौँ । फेरि हामी नयाँ नै छौँ । बजारको हिसाबले र उत्पादनको हिसाबले हेर्दा त्यत्ति पुरानो भइसकेको छैनौँ । बीचमा सामान्य टेक्निकल समस्याले उत्पादनमा ह्रास आएको थियो । त्यसबेला उपभोक्ता माग धान्नै सकस भयो । हामी फेरि नयाँ ढँगले थप प्रविधिका साथ बजारमा आएका छौँ । अवस्था धेरै राम्रो छ । हामीले उपभोक्ताको मागअनुसार काम गरिरहेका छौँ ।
० सिमेन्ट उत्पादनको क्षेत्रमा अहिले प्रतिपस्र्धा बढेको छ । अन्य सिमेन्टको तुलनामा के फरक छ ?
हामी अन्य सिमेन्टको तुलनामा विल्कुलै फरक छौँ । क्वालिटीको हिसाबले पनि हामी ठिक छौँ । हामीले कुनै मिसावटबिनाको सिमेन्ट उत्पादन गरिरहेका छौँ । जो वर्षौँसम्म दीर्घकालिन छ । प्रविधिको हिसाबले पनि हामी अगाडि छौँ । यसैगरी हामीसँग उत्पादन गर्ने जनशक्ति बढी छ । बजारका सस्तो खालका लो–क्वालिटीका सिमेन्टहरुभन्दा हामी बिल्कुलै फरक छौँ । यसैले हामीलाई कसैसँग दाँज्न मिल्दैन । प्रतिपस्र्धाको कुरा गर्दा अहिले हामीसँग प्रतिस्पर्धा गर्न पनि अन्य कम्पनीहरुलाई गाह्रो नै पर्छ ।
० नेपाल सरकारले केही निर्णय गर्न सकेको छैन । कारण के के हुन् ? तपाईलाई नियुक्ती दिइएको छ या छैन ?
यो नियुक्ती गर्ने÷नगर्ने कुरा नेपाल सरकारको आफ्नो कुरा हो । यसमा व्यवसायीहरुको हस्तक्षेप वा सुझावले हुने कुरा होइन । त्यसका लागि मापदण्ड छ । कानुनी व्यवस्था गरिएको छ । तर, मैले भने विगत एक वर्षदेखि नै निमित्तको हिसाबले चलाइराखेको छु । निमित्त भएर पनि अहिलेसम्म राम्रो हिसाबले चलेको छ । मलाई लाग्छ मैले राम्ररी चलाइराखेको छु ।
० तपाइको सिमेन्ट पुरानो भयो । नया“ सिमेन्टलाई कसरी हेर्नुभएको छ ?
मैले पहिले पनि भनिसकेँ बजारमा थुप्रै खाले सिमेन्टहरु छन् । ती फरक–फरक उद्योगबाट उत्पादन भएका र फरक–फरक क्वालिटीका सिमेन्टहरु हुन् । अहिले समाचार आइरहेका छन् । धेरै सिमेन्टहरुलाई कारबाही पनि भएको छ । सिमेन्टमा क्वालिटी दिन नसक्दा ती सिमेन्ट उद्योगहरुलाई कारबाही गरिएको हो । हामीले बजारको मागअनुसार र सरकारी मापदण्डअनुसार अन्य सिमेन्टको तुलनामा फरक खालको सिमेन्टहरु बजारमा ल्याएका छौँ । हामीले तोकिएको मापदण्डभन्दा फरक काम गरेका छैनौँ । हामी क्वालिटीको हिसाबले अहिले नम्बर वान नै छौँ ।
० उदयपुर सिमेन्ट कति जिल्ला, प्रदेश र क्षेत्रहरुमा आफ्नै कार्यालय राखेर काम गरिरहेका छ नी ?
हामीले व्यापारीमार्फत उपभोक्तासम्म सिमेन्ट पु¥याउने गरेका छौँ । अहिले डिलरको हिसाबमा हेर्दा १५० वटा डिलरहरु त सञ्चालन नै गरेका छौँ । मुख्यगरी हाम्रा डिलरहरु सबै प्रदेश र जिल्लामा छैनन् । अहिले प्रदेश १, २ र ३ मा मात्र सिमित छ । यसलाई विस्तार गर्ने योजना हामीले बनाएका छौँ । अरु प्रदेशमा हामीले पु¥याउन सकेका छैनौँ । त्यहाँ लैजाँदा ढुवानी गर्न पनि गाह्रो, प्रदेशहरु पनि टाढा भएकाले विस्तार गर्न सकेका छैनौँ । यो सिमेन्ट अहिले निश्चित प्रदेशमा सिमित हुन पुगेको हो ।
० सिमेन्ट उद्योगका क्षेत्रमा निमित्त भएर काम गर्दा के कस्ता अप्ठ्याराहरु छन् ?
निमित्त भएर काम गर्न र कम्पनी चलाउने अप्ठ्यारो केही छैन । तर, केही निर्णय लिनुप¥यो भने सोचविचार गरेर लिनुपर्ने हुन्छ । त्यसैले सक्दो धेरै दिन निमित्तको भरमा चलाउनुभन्दा सरकारले नियुक्ती दिँदा राम्रो हुने थियो ।
० उदयपुर सिमेन्टलाई कुन स्थितिमा पु¥याउने लक्ष्य छ ?
अहिले उदयपुर सिमेन्ट ८ सय ३३ क्षमताको मात्र छ । यसलाई बढाउँदै लैजाने र ११ सय देखि १२ सयसम्म पु¥याउने लक्ष्य छ । त्यसको पहिलो र दोस्रो चरणको कामहरु सुरु भइसकेको छ । अब तेस्रो चरणको काममा हामी लागिरहेका छौँ । पर्याप्त फन्ड हामीसँग छैन । त्यसको व्यवस्थापनका लागि पनि हामी लागिरहेका छौँ । त्यो फन्डको व्यवस्था हुनेबित्तिकै तेस्रो चरणको काम पनि हामीले अगाडि बढाउने छौँ ।
० उदयपुर सिमेन्ट मेसिनरी सामान बिग्रियो भन्ने हल्ला छ । तपाइमाथि पनि भ्रष्टाचारको आरोप छ । के यो सत्य हो ?
यो सब झुटो हो । यस्तो केही भएको छैन । खरिद बिक्री प्रक्रिया छ । यो नेपाल सरकारको ऐनले व्यवस्था गरेअनुसार काम भइरहेको छ । त्यसमा कुनै पनि त्रृृटि भएको छैन । यो होहल्ला मात्र हो । यसरी हल्लाको भरमा विश्वास गर्न हुँदैन । यसैले जे जति प्रक्रिया अगाडि बढाएका छौँ । त्यो सबै प्रक्रिया नेपाल सरकारको कानुन बमोजिम नै अगाडि बढाइएको छ । यसमा शंका गर्नुपर्ने ठाउँ नै छैन । त्यसकारण त्यस्तोमा भ्रष्टाचारको कुरै आउँदैन । म आग्रह गर्न चाहन्छु । यस्ता हल्लाको पनि नलाग्नु होला ।
० नेपाल सरकारले जेन छनोटको बारेमा प्रतिस्पर्धा गराएको छ । यसमा तपाइको अनुभवले के भन्छ ?
जेन छनोट गर्दा पहिले त त्यहाँ कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने हुन्छ । यसका लागि एउटा क्यारेट एरिया तोकिनु पर्छ । त्यसमा पनि छनोट प्रक्रियामा भाग लिन पाउने व्यवस्था गरिनु पर्छ । यसले एक अनुभवी मान्छेले पनि संस्था चलाउने मौका पाउने थियो । अहिले अनुभवकै आधारमा भए पनि अनुभवकै आधारमा स्थान दिने छनोट प्रक्रिया परिमार्जन गरेर व्यवस्था गरेको भए राम्रो हुन्थ्यो र उद्योगका लागि पनि फाइदाजनक नै हुन्छ भन्ने लाग्छ ।
० उद्योगीहरुलाई राजनीतिक दबाब आउ“छ भन्ने गरिन्छ । तपाइलाई आयो ?
पत्रपत्रिकामा समस्या पढेको छु । धेरै साथीहरुले समेत यस्ता समस्याहरु राखेको सुनेको छु । तर, म कार्यकारी हुँदा त्यस्तो दबाब कसैको छैन । त्यस्तो प्रेसरको भरमा काम गर्न सकिँदैन पनि । त्यसका कारण स्वतन्त्र संस्थामा नियम कानुन छ । त्यही नियम कानुन अनुसार हामी काम गरिरहेका छौँ ।
० कसैले चन्दा वा घर बनाउन सिमेन्टको सहयोग माग्छन् कि माग्दैनन् ?
त्यस्तो छैन । चन्दा माग्नेहरु पनि अहिलेसम्म आएका छैनन् । हाम्रो कस्तो छ भने सिमेन्टले एउटा डिलरको माध्यमबाट बेच्ने प्रक्रिया छ । त्यही अनुसार बिक्री वितरण भइरहेको छ । माग अनुसार हामी सिमेन्ट पठाउँछौँ । त्यो घर बनाउन हो वा अन्य कुनै विकास निर्माणका कामहरुमा होस् । यो हामीले डिलरमार्फत नै पठाउने गरेका छौँ । निजी क्षेत्रका कम्पनीहरुसँग प्रतिष्पर्धा बढेको छ । हामी त्यसैको तयारीमा छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *