खाद्य सामग्रीमा १० प्रतिशत छुट दिने मन्त्रीपरिषदको निर्णय

अर्थ/वाणिज्य कर्पोरेट प्रमुख समाचार

 

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेसँगै सरकारले खाद्यपदार्थमा १० प्रतिशत छुटमा विक्री गर्ने भएको छ । सरकार मातहतको खाद्य कम्पनीले साविकाको मूल्यमा १० प्रतिशत छुटमा खाद्य पदार्थ बेच्ने मन्त्रीपरिषदले निर्णय गरेको हो ।

नीजि व्यवसायीलाई पनि छुट दिन आग्रह गर्ने सरकारले निर्णय गरेको सरकारका प्रवक्ता रहेका अर्थ मन्त्री एवं सञ्चार तथा सूचना सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए ।

विक्रेतालाई सामान बिक्री गर्दा मुखमा मास्क र हातमा पञ्जा लगाउनुपर्ने निर्णय पनि मन्त्रीपरिषदले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *