लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

राजनीति विविध शिक्षा/स्वास्थ

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्तेतेले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न लुजन प्रान्तमा जारी गरिएको एक महिना लामो लकडाउन उल्लंघन गर्नेलाई गोली हान्ने चेतावनी दिएका छन्।
कोरोना भाइरस ‘कोभिड १९’ त्रासको समयमा हाल फिलिपिन्स एक महिनाको लागि लकडाउन गरिएको छ। यसबीचमा लकडाउनको उल्लंघन गरेर सरकारको नियमलाई बाधा पुर्याउन जो कोहीलाई गोली हानिने डुटेर्तेले बताएको अलजाजिराले उल्लेख गरेको छ। नियमलाई बाधा पुर्याउन जो कोहीलाई गोली हानिने डुटेर्तेले बताएको अलजाजिराले उल्लेख गरेको छ।

फिलिपिन्समा २३ सय ११ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ९६ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति डुटेर्टेले पनि कोरोनाको जाँच गराएका थिए तर रिजल्ट नेगेटिभ आयो । तैपनि सतर्कताका लागि उनी सेल्फ आइसोलेसनमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *