कोरोना अपडेट : ६८ हजार नाघ्यो मृतक संख्या , १२ लाख ५२ हजार बढी संक्रमित

बिबिध शिक्षा/स्वास्थ समाचार

कोरोना अपडेट ः साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु
गत डिसेम्बर अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको भनिएको कोरोना भाइरसको महामारीले विश्व आतंकीत छ ।कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् ।

अत्याधिक प्रभावित देश ईटलीमा अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ भने १ लाख २८ हजार ९४८ जनासंक्रमित भएका छन् । आजमात्रै ईटलीमा ५ सय २५ जनाले ज्यान गुमाएका छन् ।त्यस्तै अर्को प्रभावित देश स्पेनमा अहिलेसम्म १२ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् भने एक लाख ३० हजार ७ ५९ जनामा संक्रमण देखिएको छ ।

आजमात्रै स्पेनमा ४ सय ७१ जनाले जयान गुमाएका हुन् । त्यस्तै अमेरिकामा आजमात्रै ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने जम्मा मृतक संख्या ९ हजार ३ सय २५ पुगेको छ । त्यहाँ ३ लाख २७ हजार ८ सय ४८ जना संक्रमित भएका छन् ।

फ्रान्समा ७ हजार ५ सय ६० जनाको मृतयु भएको छ भने ८९ हजार ९ सय ५३ जनामा कोरोनोको संक्रमण देखिएको छ । उता यूकेमा ४ हजार ९ सय ३४ जनाको ज्यान गएको छ भने ४७ हजार ८ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ । आजमात्रै यूकेमा ६ सय २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यता चीनमा ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६ सय ६९ जनामा संक्रमण देखिएको छ । त्यस्तै ईरानमा ३ हजार ६ सय ३ जनाको मृत्यु भएको छ भने ५८ हजार २ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । ईरानमा आज मात्रै २ हजार ४ सय ८३ जना नयाँ केस देखिएको छ भने आज मात्रै १ सय ५१ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाका कारण यो समाचार तयार पार्दासम्म आईतबार राति ११ २५ सम्ममा ९९ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सय ८८ जना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *