लकडाउमा गरिब र असाहयको सेवामा अहोरात्र खटिरहेका एक मनकारी युवा अर्थात दिपेश श्रेष्ठ

समाचार

दिपेश श्रेष्ठ यस्ता मनकारी व्यक्ति हुन् जो अरुलाई चोट लाग्दा उनलाई पनि दुख्छ ।  असैह्य पीडाबोध हुन्छ । समाजमा यस्ता पनि पात्र छन् जो मै खाउँ मै लाऊ भाव भएका । तर दिपेश श्रेष्ठ जन्मेकै अरुका सेवा गर्न । यस्तै लाग्छ उनको बिगत कोट्याँउदा । उनले रगत नपाएर जीवन मृत्युको संघारमा अस्पलालको शैंयामा छट्पटाइरहेका धेरैलाई पुर्नजीवन दिएका छन् । भनिन्छ संसारकै सबैभन्दा ठूलो दान अर्थात महादान भनेकै रक्तादन हो । तिनै व्यक्ति दिपेशले कोरानाको सन्त्रास र लकडाउनको अवस्थामा समेत आफ्नो ज्यानको प्रवाह नगरी सामाजिक कर्ममा खटिएइका छन् । दिन हिनको सेवामा अहोरात्र जुटेका छन् ।
गत चैत्र १० गतेदेखि शुरु भएको लक डाउनका कारण अहिले हुने खाने अर्थात सम्पन्नहरु त समस्यामा छन् । हुने खानेको पीडा कल्पना गर्न पनि सकिँदैन् । उनै मनकारी दिपेशले विपन्न र मन्दिरमा बसेर त्यहाँ मागेर जीवन यापन गरिरहेका गरिव गुरुवाहरुलाई राहत वितरण गरेका छन् । उनले यो अवधिमा खाद्यान्न विशेष गरी चामल, दाल, नुन, तेल , मसला लगायतका खाद्य सामाग्री ७० भन्दा बढीलाई वितवरण गरिसकेका छन् । यही बीचमा उनको कानमा एउटा खबर ठोक्कियो । केयर बालगृहमा रहेका १५ वालवालिकाहरुले खान नपाएको । यो खबर उनले सुने लगतै उनी त्यहाँ पुगे र त्यहाँ पनि चामल, नुन, तेल, गेडागुडी लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका छन् । यतिबेलासारा विश्व कोरानाको सन्त्रासमा छ र मुलुक लकडाउनको स्थितीमा । यस्तो विपतको समयमा यही कोही व्यक्ति खाद्यान्न र राहतको अभावमा ग्ज्रिरहेको भए निर्धक्कसँग खबर गर्न उनले आग्रह गरेका छन् ।मात्र सम्झनुहोस,लकडाउनको अवधिभर तपाईहरु कसैलाई पनि भोकै बस्नुपर्दैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *