कर्मचारीहरु नेता बन्दै मालदार कार्यालय जाँदै

प्रशासन राजनीति समाचार

काठमाडौं । दलैपिच्छेका कर्मचारी संगठन । त्यही संगठनको आडमा कर्मचारी नेताहरुको ‘मालदार अड्डा’मा बसेर ‘कमाऊ धन्दा’ चलाउने । कर्मचारी संगठनका नाममा कतिसम्म बदमासी हुँदोरहेछ भन्ने एक पछि अर्काे उदाहरण देखा पर्दै छ । जस्तो आधिकारिक ट्रेड युनियनको अध्यक्ष पूण्य ढकाल । केही अघि मात्र उनी उपसचिवमा बढुवा भए । अहिले गृहमा छन् । निजामती सेवा नियामलीले अनुसार, उपसचिव तहका कर्मचारीले राजनीति गर्न बन्देज लगाएको छ । तर, पूण्यहरु जस्ताका लागि यस्ता ऐन कानुन नियमले छुँदैन् । उनी अझै पनि खुलेआम टे«ड युनियनको कार्यक्रम गरेर हिँडिरहेका छन् । लाज हुन्थ्यो भने उनले राजीनामा गर्नुपर्दथ्यो । तर आधिकारिक ट्रेड युनियनलाई सरकारले दिने वार्षिक ५ करोड रकममा तर मार्न पाइने र त्यही पावरले सेटिङ गर्न पल्किएका उनले राजीनामा दिएका छैनन् । उनी सकेसम्म भोलालाई अध्यक्ष बनाउनबाट रोक्ने चलखेलमा छन् । त्यही कारण बेला न कुबेला सिबिए अर्थात आधिकारिक ट्रेड युनियको निर्वाचनको कुरा उठाउन थालेका छन् ।
आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष छन्, भोला पोखरेल जो समायोजन भएर खोटाङको हलेसीतिर पुगेका थिए । तर चलखेलमा माहिर उनी खटाइएको ठाउँमा गएनन् । अहिले संघमै फर्किएर पुनर्निर्माण प्राधिकरणमा हाजिर गर्न थालेका छन् । गाडी खटन पटन गर्ने फाँटको जिम्मा छ उनको काँधमा । त्यही कारण फेरि फेरि गाडी चढेर हिँड्छन् । उस्तै हो, महासचिव सुबोधकुमार देवकोटाको हालत । अर्बौँ रुपैयाँ बजेटको गल्छी सडकको आयोजना हाकिम छन् । निजामती सेवा ऐनको दफा ५३ विपरित उनी कार्यालय प्रमुखका हैसियतमा छन् । कोषाध्यक्ष सिन्धु पाण्डे राजश्व अनुसन्धान विभागको कर्मचारी हुन् । उस्तै दृश्य देखिन्छ कांग्रेसनिकटको निजामती कर्मचारी (युनियन) संघमा । जस्को अध्यक्ष छन्, गोपाल पोखरेल । जो जागिरे सेवा अवधिभर अधिकांश समय अर्थ र राजश्वमा बसेका पात्र । एउटा मामुली कर्मचारीले आफ्नो वैवाहिक सम्बन्ध २५ वर्ष पुगेको उपलक्ष्यमा केही अघि दशौँ लाख खर्चेर पार्टी दिएको चर्चा अहिले पनि निजामती क्षेत्रमा व्याप्त छ । पूर्वमाओवादी निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष हुन् हरि रावल जो सहकारी प्रशिक्षण केन्द्रमा कार्यरत छन् । त्यहाँ उनलाई सरकारले क्वार्टर फ्रिमा उपलब्ध गराएको छ । उनकै कारण पूर्वमाओवादी र पूर्वएमाले निकट कर्मचारी संगठनको एकता हुन सकिरहेको छैन । पूर्व एमाले निकटका नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष छन् केदार देवकोटा । जो जागिरे अवधिभर मालदार मानिने अर्थ मन्त्रालय छाडेका छैनन् । केही अघि कर्मचारी समायोजनको क्रममा सिन्धुलीतिर सरुवा भएका थिए । तर सवारी दुर्घटनामा परेको सिफारिस बनाएर अर्थतिरै जागिर खाइरहेका छन् । अर्काे जब्बर कर्मचारी छन्, पेशल पोखरेल । जो जागिरे अवधिभर श्रम मन्त्रालय अन्तरगतको मालदार फाँटमा बसेर कुस्त कमाएका । केही अघिमात्र सरुवा भएर शहरी विकास मन्त्रालय अन्तरगतको भवन निर्माणमा पुगेका हुन् । तर गत ७ माघमा साता दिनको विदा लिएर म्यानपावर व्यवसायीहरुको खर्चमा उनी इण्डोनेसियातिर पुगे र त्यहाँ पुगेर उनले मच्चाएको रंगीला काण्डले अहिले मन्त्रालय तरंगित छ । जसरी यस अघि पुण्य र भोलाहरुले विदेशी भूमिमा पुगेर नेपालको बेइज्जती गरेका थिए । ठीक उस्तै ढंगले बेइज्जती गरेर उनी विदेशबाट फर्किएका हुन् । यस्तै सिन्धुलीतिरका अर्काे कर्मचारी छन् गोविन्द शिवाकोटी । पद त अफिसर तहको हो । तर अकुत आर्जन गर्न सफल यातायात,वैदेशिक रोजगार लगायतका मालदार अड्डामा बसेर कुस्त कमाएका ती अफिसरले केही अघि लोकन्थलीमा ९६ लाखमा जग्गा किनेका छन् । बैरोबाट राष्टपति कार्यालयमा सरुवा भएका उनी तीन महिनाका लागि तालिम लिन भन्दै इण्डियातिर पुगे । त्यहाँबाट फर्कदा सेटिङ मिलाएर यातायाततिर फर्किसकेका छन् । यस्तै बदमासी बढ्दै गएको कारण हो दलैपिच्छेको कर्मचारी संगठन खारेज गरेर एउटा मात्र कर्मचारी युनियन बनाउने तयारी चलेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *