कोरोना बिमा निर्जीवन हो, निःशुल्क भनेर भ्रम नफैलाउनु

अर्थ/वाणिज्य कर्पोरेट

काठमाडौं । बिमा समितिले कोरोना भाइरस (कोभिड–१९) को बिमा निर्जीवन बिमा कम्पनीको कार्यक्षेत्र भएको स्पष्ट पारेको छ । जीवन बिमा कम्पनी र अन्य संस्थाहरुले समेत बिमा गर्ने गरेको तथा बिमा पोलिसीसँग जोडेर कोरोना बिमालाई निःशुल्क भन्दै प्रचारप्रसार गरिएको भन्दै बिमा समितिले ती संस्थाहरुलाई त्यस्तो त्यसो नगर्न निर्देशन दिएको हो ।
कोरोना भाइरसको संक्रमण भएको अवस्थामा त्यसको उपचार गर्नका लागि भन्दै दुई साताअघि बिमा समितिले कोरोना बिमाको अवधारणा ल्याएको थियो । अहिले व्यक्तिगत रुपमा बिमा गर्नेलाई १ लाख रुपैयाँको बिमांकका लागि लागि १ हजार रुपैयाँ तथा ५० हजार बिमांकका लागि ५ सय रुपैयाँ तथा सामूहिक जीवन बिमा गर्नेका लागि १ लाख बिमांकको हकमा ६ सय रुपैयाँ तथा ५० हजार बिमांकका लागि ३ सय रुपैंयाको दरमा बिमा गर्दै आएको छ ।
सरकारले अहिले यस्तो बिमा पुलमार्फत् सञ्चालन गर्दै आएको छ । हालसम्म करिब ८० हजार बिमितले यस्तो बिमा गरिसकेको समितिले जनाएको छ । बिमा गर्ने व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण भएको पिसिआर रिपोर्ट पोजेटिभ देखिनेबित्तिकै त्यस्तो बिमांंक बराबरको रकम भुक्तानी हुने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *