यसपटक नेपाली जनतामा अभूतपूर्व एकता देखियो । आफ्नो देशको रोटी पिठो खुवाउने र आत्मनिर्भर बनाउन सक्ने शासक पक्षको ठोस नीति नहुँदा बलिया पाखुराले विदेश ताके । शासकहरुले नेपाली युवाको श्रम र पसिनाले आएको विदेशी मुद्राबाट भत्ता खाए । तर श्रम तथा रोजगारको बजारलाई महत्व दिइएन । यसपटक विश्वमहामारीले नेपालको श्रम बजारलाई हेपेर विदेश जानेहरुले देश के हो ? मातृभूमिको महत्व कस्तो हुन्छ ? विदेशी भूमिमा कोरोना भाइरस आंतकले के सिजना गरेको समस्याबाट चेतेका छन् ।
सरकार त भ्रष्टाचार बिचौलिया, कालोबजारको कमिसनजस्ता विकृतिभित्र रमाइरहेको छ । यो सरकारले कम्युनिस्ट पार्टी र त्यसको आचारण, पार्टी नीति कार्यक्रम र योजनाको ख्याल गर्दैन । यही सरकारमा राम्रो जसले गर्छ, त्यसको पद जान्छ भन्ने सन्देश पनि दिइएकै छ । एकदर्जन विकृतिको पोको बोकेर आफैँभित्र ग्रस्त भएको सरकारले अहिले राष्ट्रिय स्वाभिमान बचाउने अडान लिएर विगतका गतिविधि पार्टीमा चलाएको गुटबन्दी शैली छोपेको छ ।
भारतीय विस्तावारको पेलाहा शैलीका कारण नेपाली जनता भारतीय शासकहरुप्रति आक्रोशित छन् । आफैँ कोरोनाको भण्डार भएको भारतले नेपालीलाई खेद्न यातायात चलाएको छ । हजारौँ नेपालीहरुले आफ्नो देशको महत्व र अर्थ बुझेका छन् । खाडी मुलुकहरुमा नेपालीको यो क्रन्दनभित्र राज्यको ध्यान गएकै छैन । देश मातृभूमि अखण्डतामाथि पटक–पटक प्रहार भएकाले नेपाल विष्फोट भइसकेको थियो ।
देशको राष्ट्रिय स्वाभिमान, सार्वभौम अण्डताको वकालत गर्दै भारतका सामु लम्पसार हुँदै सत्ताको वरिपरि गर्ने धेरै थिए । अब तिनका लागि पनि भारतको थिचोमिचो शिक्षा भयो । देश रोज्ने कि भारतको दलाली गर्ने ? भन्ने कुरामा सोच्नु पर्ने भयो । कोरोना भाइसरले अनुशासनको पाठ सिकायो भने भारतीय हस्तक्षेपले राष्ट्र संकटमा पर्दा सबै एक हुनु पर्छ भन्ने शिक्षा दिएको छ ।