अवैधानिक भए पनि ट्रेड युनियनमा दनादन

प्रमुख प्रशासन वाग्मती प्रदेश

संवैधानिक नियकाको सरकारको छैन । देश लुट्न पाए सबैतिर आफ्नै भने जस्तै भो, यो सरकारको चाला । कानुन बनाउने संसद चलेको छ । त्यो सरकारमा नेकपा छ । सरकार कम्युनिस्ट पार्टीको छ । तर देशभरका कर्मचारीको साझा संगठन ट्रेड युनियन भने अवैध चलिरहेको छ । ठूलाले जे गर्छ काम त्यो हुन्छ, सर्वसम्मत भनेजस्तै हो, कानुनी परिधि ट्रेड युनियनले मिच्नु ।
नेकपाका अध्यक्ष र प्रधानमन्त्रीमा केपी ओली छन् । निजामति कर्मचारीको संगठन ट्रड युनियनको नेतृत्वमा रहेको पूण्य ढकाल नै ओली गुटको भएकाले लामो समयसम्म संगठनको अध्यक्ष छाडेनन् । माधव पक्षका भोला पोखरेल उपाध्यक्ष थिए । उनै कार्यबाहक अध्यक्ष छन् । ओली गुटका पूण्य ढकाल फाइल बढुवामा उपसचिव भएनन् । गृह मन्त्रालय मै रजाइँ गर्दै छन् । कांग्रेसको कर्मचारी युनियनका अध्यक्ष सुवोध देवकोटा, महासचिव, माओवादीको राष्ट्रिय कर्मचारी संगठनले पाएको चुनावी मतको आधारमा हो ।
सरकारले नै चुनावको तयारी गर्नु पर्छ । नेतृत्वलाई मन्त्रिपरिषद्ले चुनावका लागि दिन तोक्नु पर्छ । तर डाडु पुन्यू नै हातमा लिएका पूण्य ढकाल, भोला पोखरेल ,सुबोध देवकोटाको हैकममा पेसागत संस्था चलेको छ । जसरी कांग्रेस र नेकपामा पार्टीलाई विधि प्रक्रिया सिद्धान्त र विचारमाथि प्रहार गर्नेहरुको बाहुल्यता छ । कानुनी रुपमा चल्ने भए यस्ता संस्थाको मर्यादा थियो । लुटमा रमाउने नेताका कारण संस्थाको मर्यादा थियो, लुटमा रमाउने नेताका कारण संस्थागत बद्नाम भएकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *