नेपाली जनताले कम्युनिस्ट एकताप्रति चासो र भरोसा देखाएका थिए । समयको माग थियो, एकता भयो । सरकार बन्यो तर त्यो सरकार पार्टीले जनताको अपेक्षामाथि निरन्तर प्रहार गरिराखेको छ । पार्टीभित्र गुटवादले भ्रष्मसुरहरु जन्मायो । कम्युनिस्टको नेतृत्वले विचार, सिद्धान्त, नीति र विधि त्याग्दा प्राप्त हुने फल यस्तै हुन्छ । पार्टी सर्र्वैसर्वा हुन्छ भन्ने लिखित दस्तावेजको अर्थ रहेन किनकि सरकार पार्टीको नेतृत्व लिएका नेता सबै विषयका विज्ञ भए । देश लकडाउनमा छ, जनताको रोजीरोटी खोसिएको छ । तर मन्त्रीहरुको व्यवहार व्यक्तिगत स्वार्थमा केन्द्रित छ ।
पार्टी छ, त्यसको सिद्धान्त छैन, विधान छ, विचार छैन । चुनावी घोषणापत्र छ, सरकारले त्यो देख्दैन । कार्यकर्ता छन्, प्रशिक्षण छैन । पार्टीमा सत्ता र धनवादी चिन्तनले संघ, प्रदेश र स्थानीय सरकार सञ्चालकहरु ग्रस्त छन् । कम्युनिस्ट पार्टीप्रतिको जनआकर्षण घट्तो छ । किनकि वर्तमान परिवेश कुर्सीको निम्ति केन्द्रित हुने होइन । पार्टीको निर्देशन नीतिको प्रयोजन हुँदैन भने त्यसको आवश्यकता अब छैन । किनकि केपी ओली र प्रचण्ड आफैँ गणतन्त्र पक्षधर होइनन् । त्यस्ताले सत्ता पाउँदा जे गर्थे, त्यही गरे । कम्युनिस्टहरुलाई सेवा दिन्छ भन्ने सोच्न नै गलत रहेछ ।
नेकपाको पार्टी तत्कािलन सत्ताको भ¥याङ रहेछ । नेकपालाई बहुमत प्राप्त पार्टी र सरकार प्रधानमन्त्रीुख हुनु थियो, आफ्ना गुटमा रमाउनेलाई राज्य सुम्पिने र सत्तामा पु¥याउनु थियो । यो सरकार बनेदेखि नै पार्टी एकताका कुनै कामलाई महत्व दिइएन । सरकारल गरेका कुनै पनि राजनीति नियुक्तिमा पार्टी सहभागी भएन । कोरोनापीडित जनताले पिसिआर परीक्षण गर्न नपाएजस्तै लकडाउनले चुल्हो निभेको वर्ग, समुदायप्रति स्थानीय सरकारले मानवीयतासमेत देखाएन । नेकपाको सरकारले नेपाल राष्ट्रको शक्तिको पहिचान देखाउँछ भने आसा पनि अब रहेन ।
सरकार र पार्टीबाट आस नगरेको जमात ठूलो छ । जनताले दिएको अवसरको त यो ताल देखियो भने अवसर लिन चलाइएका झुट्टा आश्वासनको पुलिन्दाको विश्वास कसरी हुन्छ ? नेतृत्वको यो चिन्तनबाट ठूलो शक्ति निराश बन्दै छ । चुनावी माहोलमा सरिक हुने पार्टीका गतिविधिप्रति चासो नदिने यो शक्तिको साथ अबका दिनमा कम्युनिस्ट हुने स्थिति रहेन । पार्टी एकताले प्रधानमन्त्री ओली र प्रचण्डको स्वार्थ र उनका हनुमानहरुको जीवन सुर्धानु भन्दा जनताको भावना र अपेक्षालाई भने ध्यान दिएन । वास्तविकता यही हो ।