sampadakiya

लज्जाजनक भारतीय हर्कत

लेख

नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने भारतीय शासक पक्षको हर्कतले नेपाली सञ्चार क्षेत्र आक्रोशित छ । नेपालका नेताहरू पद र कुर्सीका लागि लडेका छन् । राष्ट्रिय स्वाभिमान अहिलेको प्रमुख एजेन्डा हो । भारतको नियोजित रूपमा गलत प्रचार गर्ने प्रवृत्ति हटेको छैन । छिमेकी देशको आन्तरिक मामिलाको बारेमा न त सञ्चार क्षेत्र यसरी उत्रन मिल्छ, न त व्यवसायिकताको मर्म र भावना सुहाउँछ । राजनीति आफ्नो ठाउँमा छ । नेपाल भारतको सम्बन्ध बारेमा चासो जनताको बीचमा राख्ने स्वभाविक हो । नेपाललाई संकट पर्दा पनि भूकम्पको बेला भारतीय मिडियाले अनर्गल प्रचार गरे । नेपाल सरकार, सेना, प्रहरीले नेपाली प्रेसलाई रोकेको ठाउँमा भारतीयले छुट पाएकै थिए ।
नेपाल सरकारको तलब खाएर नेपालको टेलिभिजनले छिमेकी देशविरुद्ध अतिरञ्जन गर्दैन । तर भारतको राष्ट्रिय दैनिक टाइम्स अफ इन्डिया, जी न्युजजस्ता संचार क्षेत्रले नेपालमाथि नियोजित षड्यन्त्र किन गर्छ ? सञ्चार जगत्को काम सूचना प्रवाह गर्ने हो । नेपालको जस्तै भारतीय नेपाल र भारतबीचको सम्बन्ध पुरानो हो । नेपालले छिमेकी त्यग्न सक्दैन । पाकिस्तानविरुद्ध त्यही भारतीय मिडियाको प्रचार गोयबल्स शैली विश्वले महशुस गरेको हुनुपर्छ । टेलिभिजन र छापा माध्यमको प्रस्तुतिमा भारतीय विदेश मन्त्रालयले के सोच्यो ? नेपालको सञ्चार मन्त्रालयले के गर्दै छ ? जनताले चासो राखेको छन्, तर मन्त्री भने बेपत्ता छन् ।
भारतको दादागिरी नेपाली जनताले सहेका छन् । सीमामाथिको अतिक्रमण पनि नेपालले सहेको छ । मात्र कुरा यत्ति हो, नेपालका नेताहरू विगतमा घृणित भएका थिए । अहिलेको सरकारमा पनि श्रममन्त्री र संघीय मामिला मन्त्री भारतकै दास र गोठालालाई बनाएको अवस्था छ । जीवनभर एमालेलाई घोक्राउनलाई मन्त्रिपरिषद्मा भित्र्याइएका यी पात्रको चिन्ता कमाउनुमा छ । राष्ट्रिय स्वाभिमान र आत्म गौरव बचाउनेमा छैन । त्यसैले काम गर्दा विधि र प्रक्रिया नछाड भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *