ट्रेड युनियनलाई प्रतिबन्ध लगाउनेविरुद्ध हामीले लडेकाले हामी नै विजयीको हकदार हौँ

अन्तरवार्ता प्रमुख प्रशासन

 

 

आधिकारिक ट्रेड युनियनले नजिकिँदै गरेको निर्वाचनको तयारी कसरी गरिरहेको छ ? यसपटक निर्वाचन र सत्तारुढ नेकपानिकट दुई कर्मचारी संगठनको एकताको काम कसरी हुँदै छन् । यसपटक चुनौतीहरु के के छन् ? लगायत विषयमा केन्द्रित रहेर आधिकारिक ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलसँग एलबी विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

० आधिकारिक ट्रेड युनियनको मिति तोक्नुभयो । निर्वाचनको तयारी कसरी गरिराख्नु भएको छ ?
आधिकारिक ट्रेड युनियनको मान्य अवधि १९ जेठ ०७७ सकियो । हाम्रो चार वर्ष बित्यो । हाम्रो विधानअनुसार विषम परिस्थितिमा एक वर्ष म्याद थप्ने व्यवस्था छ । त्यो व्यवस्था अनुसार हामीले म्याद थप्नेभन्दा पनि निर्वाचनमा हामी केन्द्रित बन्यौँ । कोरोनाको महामारी भए पनि आवधिक निर्वाचनबाट मात्र सबै कुरा हुने भएपछि हामीले निर्वाचनको मिति तोकेका हौँ । उक्त मिति २४ असोजलाई मिति घोषणा गरेको हो । यसपछि बाँकी प्रक्रिया पूरा गर्न विभिन्न मन्त्रालय, विषेशगरी सामान्य प्रशासन मन्त्रालय, श्रम मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र कानुन मन्त्रालयको परामर्शबाट मिति घोषणा गरिएको हो । यस्तो गर्नुको कारण के थियो भने प्रधानमन्त्री कार्यालयले निर्वाचन अधिकृत तोक्नुपर्ने, कानुन मन्त्रालयले सिफारिस गर्नुपर्ने न्याय परिषद्को तर्फबाट त्यसपछि बजेट अर्थमन्त्रलयले दिनुपर्ने र जनशक्ति सामान्य प्रशासन मन्त्रालयले दिनुपर्ने र अन्य पोलिसीहरु श्रम विभागले गर्नुपर्ने भएकाले यी सबै क्षेत्रहरुको परामर्श लिएर निर्वाचनको मिति घोषणा भएको छ ।
० निर्वाचन गराउ“न चुनौती कत्तिको छ ?
यसपटक निर्वाचन गराउन चुनौती नै चुनौतीको चाङ छ । अहिलेको सबैभन्दा ठूलो समस्या भनेको कोरोना भाइरसको समस्या हो । सोहि कारणले धेरै जिल्लाहरु लकडाउन छन, अधिकांश स्थानमा कफ्र्यु जारी गरिएको स्थिति छ । कर्मचारीहरु कार्यालयसमेत जान सकेका छैनन् । काठमाडौंमा भयांकर महामारी फैलिएको छ । यो सबैभन्दा ठूलो चुनौती हो । यसैगरी, संघीय निजामती सेवा ऐन संसोधन हुन लागिरहेको छ । त्यसपछि निजामती सेवामा आउने कर्मचारीहरुले भोट गर्न पाउने नपाउने विषय अन्योलमा छ । खासगरी स्वास्थ्य सेवामा आबद्ध कर्मचारीहरुको ठूलो समस्या रहेको छ । उनीहरुले के बन्ने हो ? हामीले भोटिङ राइट पाउने नपाउने के छ ? हामीले किन निर्वाचनमा भाग लिन नपाउने भनेर आधिकारिक ट्रेड युनियनमा प्रश्न गर्नुभएको छ । यसैगरी, प्रमुख निर्वाचन आयुक्तको कार्यालयमा पनि उहाँहरुले लिखित रुपमा प्रतिवेदन दिनुभएको छ । त्यसपछि यो मधेसी निजामती कर्मचारी मञ्चले हाम्रो संख्या पुग्दैन । यसकारण १० प्रतिशत थ्रेस होल्ड धेरै भयो घटाउनु पर्ने र अहिले दर्ता गर्न हामीलाई समय चाहियो भनेर उहाँले समय माग्नु भएको छ । केहि समय चुनाव स्थागित गराउनु पर्ने उहाँहरुको माग हो । यसपछि अरु ट्रेड युनियनहरु समयमै निर्वाचन हुनुपर्छ भनेर लागिराख्नु भएको छ । आधिकारिक ट्रेड युनियनले सहयोग गरिरहेको छ । केहि दिन पहिले मात्रै प्रमुख निर्वाचन अधिकृतसँग कुराकानी भएको छ । आधिकारिक ट्रेड युनियको कार्यालयमा यसबारेमा छलफल भएको थियो । हाम्रो पहलबाट श्रम मन्त्रालयको सचिवज्यूलाई प्रस्ताव गरेर निर्वाचन कार्यालयलाई ४८÷४८ लाख बजेट पनि दिइएको छ । उहाँहरुलाई तत्काल काम गर्नका लागि सहज भएको छ । यसपछि निर्वाचन क्षेत्रहरु कहाँ कहाँ बन्न सक्छन् ? भनेर तोक्ने काम हाम्रो हो । हाम्रा मन्त्रालय र आयोगहरुमा फेरबदल भएको छ । यसको कार्यान्वयन बमोजिम कार्यालय रहेको स्थानमा निर्वाचन क्षेत्र कायम हुनेछ । त्यसपछि निजामती सेवा ऐनअनुसार मतदाताहरुलाई यकिन गर्नुपर्ने अवस्था छ । र मतदाताहरुको सूची निकाल्ने र कार्यसूचीहरु तयार गर्नुपर्ने कामहरु कार्यालयले गर्नुपर्नेछ । त्यसलाई छिटो गर्नुप¥यो भनेर हामीले भनेका छौँ ।
० आफ्नै संगठनभित्रको विवाद सुल्झाउन के गरिराख्नु भएको छ ?
भर्खरै मुलुकमा दुई ठूला पार्टीहरु एक भएका छन् । हामी आन्तरिक रुपमा एकता भइसकेको छैन । हामीले निजामती कर्मचारीहरुको संगठनमा आन्तरिक विवाद मिलाउन लागिरहेका छौँ । यसकारण एउटा पार्टीभित्र २ जना उम्मेदवार हुनै सक्दैनन् । एउटै उम्मेदवार हुन्छ । नभए त्यो बागी हुन्छ । यो पार्टीको जिम्मेवारीको कुरा हो । यसकारण मलाई लाग्छ । पेसागत महासंघले यसलाई व्यवस्थापन गर्ला । एकता गरेर नै चुनावमा जानुपर्छ । दुईवटा संगठन चुनावसम्म हुनुहुँदैन । एक भइसकेको हुनुपर्छ । र, अगाडि जानुपर्छ भन्ने मलाई लागेको छ । हामी चुनाव जित्छौँ । एकता हुन्छ । यसमा दुईमत छैन ।
० माओवादीनिकट संगठनका कर्मचारीहरु तयार छन, एकताका लागि ?
अझै निर्वाचन आउन २ महिना बाँकी नै छ । उतातिरका साथीहरु पनि वार्ताका लागि तयार छन् । हामीले पहल गरिरहेका छौँ । अब वार्ता हुन्छ । र, एकता पनि त्यहि वार्तामार्फत टुंगो लाग्छ ।
० आफै“ले चुनाव जित्छु भन्ने आधार के छ ?
निजामती कर्मचारी संगठनले चुनाव जित्छ । अरुले जित्ने कुरै आउँदैन । यसमा हार्ने निर्वाचन पनि होइन । पहिलो हुने हो । यसमा नेपाल निजामती कर्मचारी संगठन नै पहिलो हुनेछ । यसकारण प्रेसर लिइराख्नु पर्दैन । यसले ०४८ सालदेखि हालसम्म लिएका कामहरु नै यसका जित्ने आधारहरु हुन् । मलाई त्यस्तै लाग्छ । तर, यो १०–१५ दिनमा टुंग्याउने कुरो हो । धेरै समय लाग्दैन । यो मिलाएर लैजाने कुरा हो । यसमा एउटा संगठनको मान्छेले पदमा बस्ने र अर्कोले संगठन चलाउने न हो ।
० एकताको बा“की काम तपाईंहरुले नै अड्काउनु भएको छ भन्ने सुनिन्छ नी ।
त्यस्तो छैन । हामीबीच छलफल भइरहेको छ । मैले अस्ति मात्रै दुवै संगठनका अध्यक्षसँग कुराकानी गरेको छु । उहाँहरुलाई जसरी हुन्छ एकता टुंग्याउनु होस् भनेको छु । अहिले समस्या सुल्झाउने पूर्ण जिम्मेवारी हामीले उनीहरुलाई नै दिएका छौँ । यदि त्यसरी सहमति हुन सकेन भने फोर्सफुल्ली सहमती हुन्छ । एकता निर्वाचन अगाडि नै हुन्छ । पार्टीभित्रका धेरै विषयहरु पनि अहिले मिलिसकेका छन् । नेताहरु सबैजना एक ठिक्क भएका छन् । यो निर्वाचनभन्दा अगाडि त्यो त्यहिँबाट मिलेर आउँछ वा माथि नै दुइटै मिलेर जानुप¥यो । त्यति सहज बन्न नसक्ला । तर, एक ठाउँमा ल्याइन्छ । यदि एकता नै भएन भने पनि भोलि निर्वाचन नै हारिएला भन्ने डर चाहिँ छैन । यसकारण यस विषयमा छलफल हुन वा गर्न आवश्यक नै छैन । हिजो फरक फरक कित्तामा लड्दा पनि हामी पहिलो भएकै हौँ । यसपटक मात्रै चाहिँ होइन । अझ धेरै मतका साथ जित्नुपर्छ भन्ने हो । यसकारण निर्वाचन अगाडि दम्भ देखाउने होइन । दम्भले नकारात्मक परिणाम आउन सक्छ । चुनावमा कर्मचारीको चाहना भावनालाई बुझ्ने हो । भावना भनेको एकता नै हो ।
० चुनाव जित्ने आधारहरु के छन् ?
थुप्रै आधारहरु छन् । हामीले कर्मचारीको पक्षमा लामो समयदेखि काम गरिरहेका छौँ । जसरी काम गरेका छौँ । त्यसरी नै हाम्रो आकर्षण कर्मचारीमाझ बढ्दै गइरहेको छ । कर्मचारीको मुद्दामा हामी लागेको र यसलाई सम्बोधन गर्नका लागि उहाँलाई हामीले पहल कदमीका कुराहरु छन् । हामी सहि दृष्टिकोण, र प्रभावकारी संगठनमा विश्वास गर्छौँ । त्यहि विश्वासका कारण पहिले ४ मतान्तरले जितेका थियौँ । त्यसमा अझ फरक बढ्छ ।
० उतातिर कांग्रेसनिकट नेताहरुले आफूले जित्ने भनेर दाबी गरेका छन् । तपाईंहरु एकता गर्न कमजोर हु“दा नै उनीहरुलाई फाइदा पुग्छ भनेका छन् ।
अर्को कमजोर भएको कारणले हामी चुनाव जित्छौँ भन्ने मानसिकता बोक्ने मान्छे कसरी सबल हुन्छ ? कसरी चुनाव जित्छ ? त्यो मानसिकताले चुनाव जित्न सक्दैन । हामी आफ्ना मुद्दा आफैँ बोक्छौँ । र, चुनाव जित्छौँ । यसमा दुई मत छैन । हामी ढुक्क छौँ ।
० यसअघि तपाईंहरुले सरकारले सहयोग गर्दा चुनाव जित्नुभएको भन्ने आरोप लागेको छ ?
सरकारले हामीलाई सहयोग गरेको होइन । त्यहि बेलामा कर्मचारीको तलब बढाउनु पर्ने बेला भएको थियो । यसैले सरकारले तलब बढाएको हो । त्यो हाम्रो पहलले भएको काम हो । त्यसबेला पनि सुरुवातमा चुनाव हुन नदिएका कारण संयोग परेको मात्र हो । सरकारले तलब बढाउँछ भन्ने सबैलाई थाहा थियो । तलब बढेका कारणले होइन । निजामती कर्मचारी संगठनको अगुवाइमा त्यसअघि पनि तलब बढेको छ । एकपटक तलब बढेको थियो भन्ने हेतुले जानु नै गलत हो । हारिसकेपछिको कसैको अभिव्यक्ति हो । यसले खासै फरक पार्दैन । म यहि भन्छु लुगाभत्ता पाए । कसको अगुवाइमा पाए ? अतिरिक्त स्वास्थ्य उपचार खर्च पाँच लाख दिने कुरा, निजामती अस्पतालको व्यवस्था, छात्रवृत्तिको व्यवस्था, प्रशासन सुधारका एजेन्डाहरु हामीले नै तयार पारेका थियौँ । हाम्रै अगुवाइमा भएको थियो । एजेन्डाहरु अगाडि सारियो । यी समग्र कुराहरु अगुवाइ पहल कदमी हाम्रै अगुवाइमा भएका छन् । त्यसले गर्दा हामी लोकप्रिय छौँ । टुटफुटको सामना हामीले गरेका छौँ । ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने विषयमा पनि हामीले लड्नुप¥यो । लोकतन्त्रका लागि लडाइँको नेतृत्व पनि हामीले गरेका छौँ । यसकारण हामीलाई पराजित गराउन खोज्नेहरु आफैँ पराजित भएका छन् । अब पनि त्यहि हुन्छ ।
० अन्तमा ः तपाईं कार्यकारी अध्यक्ष बनेपछि के–के कामहरु गर्नुभयो ?
म भर्खरै कार्यकारी अध्यक्ष बनेर आएको छु । यसबीचमा निर्वाचनका कामहरु गर्नुप¥यो । सिंहदरबारमा कार्यालय व्यवस्थापनको काम भयो । अहिले भर्खरै यहाँ व्यवस्थापन गरिएको छ । अफिस व्यवस्थित, स्वच्छ अनि सफा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *