कोरोना महामारीमा मस्तराम अर्थमन्त्री

लेख विविध शिक्षा/स्वास्थ समाचार

विश्व स्वास्थ्य महानिर्देशक डा.टेड्रोस एड्हानोमले अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारी आगामी दुई वर्षभित्रका अन्त्य हुने ्अनुमान गरेका छन् । डा.टेड्रोस एड्हानोमले यो अनुमान वैज्ञानिक र प्रमाणको आधारमा नभएर विगतमा आएका यस्तै महाकारीको र चिकित्सा क्षेत्रमा भएको विकासको आधारमा गरेका हुन् । गत २०१९ को डेसेम्बरको अन्त्यबाट चीनको उहान सहरबाट सुरु भएको यो महामारीबाट अहिलेसम्म लगभग ८ लाख मानिसको ज्यान गइसकेको छ । गत २०७६ चैत महिनाको ११ गतेबाट लागू भएको लकडाउनको आधारमा यो महामारी नेपाल फैलिएको ६ महिना भएको मान्नु पर्दछ । यो ६ महिनामा कोरोना महामारीबाट नेपालमा १६० जनाभन्दा बढी व्यत्तिले ज्यान गुमाइसकेका छन् भने यो महामारीबाट लगभग ३५ हजार नेपाली संक्रमित भइसकेका छन् । अर्थ डा.युवराज खतिवडाले केही दिनअगाडि जारी गरेको खर्चको हिसाब किताब अनुसार कोरोना महामारी नियन्त्रण गर्न भनेर अहिलेसम्म राज्यले लगभग १३ अर्ब रुपैयाँ खर्च गरिसकेको छ र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस एड्हानोमको भनाई अनुसार आगामी दुई वर्षभित्रमा यो महामारी अन्त्य भएमा अहिलेकै अनुपातमा राज्यले कोरोनो महामारी नियन्त्राण गर्न लगभग ३ खर्ब रुपैयाँ खर्च सक्ने सामान्य हिसाब देखिएको छ ।
तर, कोरोना महामारीले मुलुकको आर्थिक क्षेत्रमा पु¥याउने हानी नोक्सानी ३ खर्ब रुपैयाँ मात्र सिमित रहने वला छैन । राष्ट्रिय मनव अधिकार संगठनले केही दिन अगाडि जारी गरेको प्रतिवेदन अनुसार यो महामारीबाट लगभग २८ लाख नेपाली युवायुवतीहरुको रोजगारीमा असर पुग्ने छ । र, यी २८ लाखमध्ये १६ लाख नेपालीले कोरोना महामारीकै कारण रोजगारी गुमाउनु पर्ने छ । राष्ट्रिय मानवअधिकार आयोगले खाडीसँगै मलेसिया र भारतमा रोजगारीमा संलग्न नेपाली युवायुवतीहरुको अध्ययन गरेर यो प्रतिवेदन तयार पारेको हो । मानव अधिकार आयोगको यो प्रतिवेदनअनुसार रोजगारी गुमाएका ७ लाख नेपाली युवायुवतीहरु तत्काल स्वदेश फर्कने पक्षमा छन् ।
केही वर्ष अगाडि विश्वव्यापी रुपमा आर्थिक क्षेत्रमा मन्दी आउँदा पनि नेपालमा भने त्यो आर्थिक मन्दीले कुर्नै असर पु¥याएको थिएनन् । त्यतिखेर नेपाल अर्थतन्त्रलाई विदेशबाट कामदारले पठाएको रेमिट्यान्सले भरथेग गरेको थियो । तर, अब कोरोना महामारीले विश्वव्यापी रुपमानै अर्थतन्त्र र रोजगारीलाई असर पारेपछि त्यसको सिधै धक्का नेपालको अर्थतन्त्रसँगै आम जनताको दैनिक जीवनमा समेत पर्न जाने छ । किनभने विदेशमा रोजगारीमा संलग्न रहेका ३२ लाख युवा युवतीहरुको कमाइबाट नेपालका हजारौँ घरमा बिहान बेलुका चुलो बल्नेदेखि केटाकेटी अध्ययनका लागि स्कुल जाने वातावरणसमेत बनिरहेको छ । तर अब कोरोना महामारीको कारण रोजगारी नै गुमेपछि यसरी विदेशको कमाइबाट दैनिक गुजारा चलिरहेको घरहरुमा सिधै असर पर्न जाने छ । तर, अर्थमन्त्रालय तथा राष्ट्रिय योजना आयोग भने विदेशबाट रोजगारी गुमाएर आएका नेपालीलाई कहाँ रोजगारी दिने भन्दै त्यस्ता युवायुवतीहरुलाई कृषि क्षेत्रमा व्यस्त बनाउने र मुलुकलाई पनि कृषिमा आत्मनिर्भर बनाउने योजना अगाडि सारिराखेका छन् । र वास्तविक समस्या र चुनौतिहरुलाई योजना आयोग र अर्थमन्त्रालयका उच्च अधिकारीहरुले पहिचानसमेत गर्न सकेका छैनन् ।
उता अर्थमन्त्री डा.खतिवडा भने आउन थालेको आर्थिक संकटको अनुभवसमेत नगरी कर्मचारीहरुलाई कसरी तलब खुवाउने संकीर्ण सोचमा आफूलाई व्यस्त राख्ने गरिराखेका छन् । स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्य सम्बन्धित विभिन्न निकायहरु कोरोना महामार्ीलाई नियन्त्रण गर्न विभिन्न प्रकारले प्रयासरत भइरहेको वर्तमान अवस्थामा अर्थ मन्त्रालय भने यतिखेर कोरोना महामारीले अर्थ क्षेत्रमा पु¥याएको हानी नोक्सानीलाई विश्लेषण गर्दै यही कारणले गर्दा मुलुकमा आर्थिक र्संकट आउन नदिनका लागि दूरगामी तत्कालिन योजनाको गृहकार्यमा व्यस्त हुन पर्ने थियो ।
तर, अर्थन्त्रालयका वरिष्ठ अधिकारीहरुसँगै अर्थमन्त्री डा.खतिवडाका लागि भने यतिखेर सबभन्दा ठूलो चिन्ताको विषय कोरोना महामारीका कारण लक्ष्य अनुसारको राजस्व उठ्न सकेन र सरकारी कर्मचारीलाई तबल खुवाउनसमेत संकट प¥यो भन्नेमा मात्र सिमित रहेको देखिएको छ । जब यो कोरोना महामारीले मानिसको ज्यानपछि सबभन्दा ठूलो असर अर्थतन्त्रमाथि पु¥याइरहेको छ । कोरोना महामारीले अर्थतन्त्रमा पु¥याउन असरलाई कम गर्न भनेर विश्वका कतिपय मुलुकलले लकडाउन लगाएका छैनन् । अथवा छोटो समयका लागि मात्र लगाएका छन् र यो महामारीले आर्थिक क्षेत्रमा पु¥याएको असर कम गर्न भनेर विभिन्न योजनाहरु पनि अगाडि सारिराखेका छने । तर, कोरोना महामारीले सबभन्दा असर नागरिको स्वास्थ्यमा र त्यसपछि आर्थिक क्षेत्रमा पर्ने भए पनि अर्थमन्त्री खतिवडा र अर्थमन्त्रालयका अधिकारीहरुले कोरोना महामारीका कारण धरासायी हुन थालेको मुलुकको अर्थतन्त्रलाई भगवान् भरोसे छाड्न थालेकाको उनीहरुको व्यवहारले देखाइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *