कम्वोडिया यात्रा संस्मरण (४)

लेख
विगतका केही श्रृखलाहरुमा मेरो पहिलो विदेश भ्रमणको सन्दर्भ चर्चा गरिरहेको छु । नेपाल देखि कम्वोडिया पुगेको र त्यहाँको कार्यक्रम सकेर वैंकक फर्केको सन्दर्भ समेत चर्चा भैसकेको छ । यस श्रृखलामा वैंककमा घुम्दा तथा वस्दाका केही अनुभुतीहरु लेख्ने कोशिस गरिएको छ ।
अण्डा किन्न मुस्कील प¥यो
हामी वसेको कोठमा खाना खाने सल्लाह गरी डिगवहादुर दाइ र म सामान लिन वाहिर निस्क्यौं । पाउरोटी, अण्डा र चाउचाउ ल्याउने योजना साथ पसल तिर हिड्यौं । पसलेलाई अण्डा वारे वुझाउन सकेनौं । अंग्रेजी नवुझ्ने हामीलाई थाइ भाषा नआउने ।
हामीलाई साह्ै आपत् प¥यो सामान फेला पार्न सकेनौं । त्यसपछि हामीले पहिला पनि खाने गरेको रेष्टुरेन्टमा गैं माग्यौं । त्यहा पनि वुझाउन सकेनौं । उस्को भान्सामा गएर सामान देखाएर माग्यौं । त्यस पछि रेष्टुरेन्टवाला पनि हाँस्न थाल्यो अनी हामी पनि ।
रिकफ्टको टिमसँग छलफल
हामी वैंकक पुगेको दोस्रो दिन दिउँसो रिकफ्टका जेम्स व्याम्टन लगायतका टिमसँग वैठक थियो । वैठकमा कम्वोडियाको कार्यशाला गोष्ठीको समिक्षा गरियो । समिक्षाको क्रममा गोष्ठी प्रभावकारी भएको निक्र्यौल गरियो । नेपालको सामुदायिकको अवस्था तथा संभावनाको विषयमा छलफल गरियो । घनश्याम दाइले वन मोर आइडिया भन्दै विभिन्न देशका समुदायमा आधारित वन व्यवस्थापन पद्धती र समुदायको भूमिका सम्वन्धी अनुभव आदान प्रदान गदैं सामुदायिक वन अभियान प्रवद्र्धनका लागि नयाँ नयाँ कुराहरु भनी रहनु हुन्थ्यो । मैले सामुदायिक वन अभियानलाई थप प्रवद्र्धन गर्नका लागि विभिन्न देशका सामुदायिक वनका तुलनात्मक अवस्था झल्काउने उपभोक्ता मैत्री सामाग्री तयार गर्न विषयमा चर्चा गरें ।
रिकफ्टले नेपालका काम गर्ने ईच्छा प्रकट गरेको थियो । त्यस माथि छलफल भयो । त्यसै दिन भेन भिकर्शसँग एक रेष्टुरेन्टमा छलफल गरियो । भेन नेपालमा शिरहा, सप्तरी र उदयपुर जिल्लामा तत्कालिन चुरे वन विकास परियोजनामा कार्यरत हुनुहुन्थ्यो । त्यो समयको चिनारी पुर्नताजकि गरियो । उहाँसँग नेपालको सामुदायिक वनको अवस्था तथा गतिविधि वारे छलफल गरियो । रेड प्लस सम्वन्धी उहाँको विशेषज्ञता रहेछ । हाल उहाँ एफएओ सँग आवद्ध हुनुहुँदो रहेछ । उहाँ नेपाली वोल्न जान्नु हुँदो रहेछ । उहाँको श्रीमती पनि नेपाली भाषी हुनुुहुन्छ रे ।
पताया घुम्दा
हामी वैंकक घुम्ने शिलसिलामा पताया गएका थियौं । मैले त्यो वेलासम्म प्रत्यक्ष समुन्द्र देखेको थिईन । पताया वजार समुन्द्रको किनारमा रहेछ । नाउमा समुन्द्रमा डुलियो । समुन्द्रको विचमा ३, ४ तले घरमा होटल तथा रेष्टुरेन्ट रहेछ मेरो लागि त्यस्तो कुरा नौलो थियो । पानी माथि घर । पताया क्षेत्र पर्यटकिय स्थान रहेछ । समुन्द्रमा नुहाएर घाममा ढाड तथा जिउ सेक्नेको लहर चल्दो रहेछ ।
रेल स्टेशन भुल्दा
त्यहाँको वस स्टेशन हाम्रो एयरपोर्ट भन्दा पनि सफा । सवै कम्प्यूटराईज्ड प्रणाली, टिकट काट्ने लगायत सम्पुर्ण सूचनाहरु विधुत्ीय माध्यमवाट हुने रहेछ । त्यहाँ रेल जमीनमुनी र जमीनभन्दा माथिवाट समेत कुद्दा रहेछन् । रेल चढ्दा टिकट काट्नु पर्ने, जहाँ जाने हो त्यहीको लागि आवश्यक मात्राको पैसा तिरेर कुपन वा टोकन लिनु पर्ने रहेछ । हामीले सोही अनुसार ग¥यौं ।
जहाँ ओर्लने भनेको त्यही स्थानमा ओर्लनु पर्ने अन्यत्र ओर्लन खोजेमा रेलवाट झर्न सकिने तर रेल स्टेशनवाट वाहीर निस्कने गेट खुल्दो रहेनछ । गेट खुल्नलाई टिकट किन्दा प्राप्त टोकन सम्वन्धीत मेशीनमा देखाउनु पर्ने रहेछ । एक पटक हामी गफको शुरमा हाम्रो निर्धारीत स्टेशन भन्दा एक स्टेशन अगाडी गएछौं । हामी रेलवाट झरेर वाहीर निस्कन प्रयास ग¥यौं तर संभव भएन । अव आपत प¥यो कस्लाई सोध्ने । सम्वन्धीत मान्छे कोही छैन सवै मेसीनवाट काम हुन्छ मेशीन वोल्दैन साह्ै सकसमा परियो । वल्ल एक जना सोध्दा पुनः अर्को रेलमा चढेर हाम्रो निर्धारीत स्टेशनमा जानुस् भन्ने सल्लाह पायौं । त्यसै ग¥यौं नभन्दै त्यहाँ हाम्रो टोकन देखाउँदा गेट खुल्यो । जे भा पनि मज्जा नैं भयो निशुल्क एक स्टेशन रेल चढियो । यो पनि एउटा रमाईलो अनुभुती नैं भयो ।
त्यहाँ भएका सवै यातायातका साधानहरु प््रायोग गर्ने चाहाना अनुसार जमीनमुनीको रेल, जमीनमाथी वा आकाशको रेल, वस, ट्याक्सी, माइक्रोवस सवै चढियो । भाडाका ट्याक्सी खाली हुँदा र खाली नहुँदाको वेलाको संकेत पनि फरक फरक हुँदो रहेछ । ड्राइभरको देव्रे तिर वल्ने रातो वत्ति तथा रातो अक्षर वलेको भए त्यो ट्याक्सी खाली हुँदो रहेछ । अन्यथा मान्छे छ भीत्र भन्ने अर्थ लाग्दो रहेछ । नेपालमा ट्याक्सी चाहिएमा कहिले मान्छे भरी भएकोलाई पनि रोक्ने संकेत गर्न पुग्छौं हामी ।
विमान झण्डै छुटेको
हामी थाइलैण्डको सुवर्णभूमि विमानस्थल हुँदै एयर ईण्डिया मार्फत दिल्ली तिर जाने कार्यक्रम थियो । सुवर्णभूमि विमानस्थल हिन्दुहरुको लागि रमणिय स्थान रहेछ । त्यहाँ समुन्द्र मन्थन मुर्ति रहेछ । जहाँ एकातिर देवता अर्को तर्फ राक्षसहरु संलग्न भै नागलाई नेती (मन्थन गर्ने डोरी) समुन्द्र मन्थन गरेको देखिन्छ । त्यस मुर्तीको अगाडी तस्वीर खिच्ने लर्को नैं हुँदो रहेछ । हामी वोर्डिङपास लिई वीमान तिर लाग्यौं ।
हाम्रो त्यही दिनमा नैं नयाँ दिल्लीवाट काठमाडौंको विमान समात्नु थियो । वैंकक देखि दिल्ली सम्मको यात्रा साँढे तिन घण्टाको हुने गर्दछ । हाम्रो तालिका अनुसार ४५ मी. मात्र समय फरक थियो । अर्थात दिल्लीमा हवाइजहाज फेर्न ४५ मिनेट मात्र समय थियो । हामीलाई डर थियो हाम्रो हवाइजहाज ल्याण्ड गर्न केही समय मात्र ढिलो गरेमा काठमाडौं जाने प्लेन छु्ट्न सक्थ्यो । भयो पनी त्यस्तै हाम्रो प्लेन निर्धारित समय भन्दा आधाघण्टा ढिलो विमान स्थलमा उत्रियो ।
अव आपत्, हामी सवै जना दौडिन थाल्यौ । विभिन्न सुरक्षा जाँच गर्नु पर्ने । धन्न वैंककवाट दिल्ली र दिल्लीवाट काठमाडौं आउने एउटै एयरलाइन्स परेकोले एयरलाईन्सको कर्मचारी नैं सुरक्षा जाँच गर्ने स्थानमा लिन आईपुगेका थिए । हतार हतार सुरक्षा जाँच गरी हावा सरी दौडिन थाल्यौं ।
डिगवहादुर दाई मोटो अनी विरामी भएकोले अली असजिलो भयो दौडन । विमानका कर्मचारी सरदार दौडाई भनी खीसी गर्दै थिए । जे भए पनि हामी चारै जना जोडले दौडिएका थियौं । हामी विमान भित्र छिर्दा सवै यात्रु हामै्र मुखमा हेर्दै थिए । हाम्रै कारणले उडान केही समय ढिला हुन पुगेको थियो । केही गरी त्यो विमान छुटेको भए हामी दिल्लीमा नैं वसेर भोलीपल्ट मात्र काठमाडौं आउन सक्ने संभावना हुने थियो । धन्न, त्यो अवस्था झेल्नु परेन ।
हामी चढेको विमानमा मलेशिया लगायत अन्य खाडीमुलकवाट नेपाल घर आएका व्यक्तिहरुको संख्या वाहुल्यता थीयो । रमाइलो गर्दै नेपालको एक मात्र विमानस्थल काठमाडौंमा हामी उत्रिन सफल भयौं । हाम्रो विमान स्थलमा लाईन वस्दै इमिग्रेशनको प्रकृया पूरा गरियो ।
हामी त हतारमा दौडिएर दिल्लीमा विमान भेट्यायौं तर हाम्रो लगेजले विमान भेट्यो की भेटेन भन्ने चिन्ता हामीलाई चिन्ता थियो । हामीलाई लागेको थियो हाम्रो व्यागेजहरु आएन भनेर । धेरै समयको पखाई पछि हामीले हाम्रो झोलाहरु देख्यौं । खुसी भयौं पुनः सामान लिन आउनु परेन भनेर । विमानस्थलवाट नैं हाम्रो आ आफ्नैं गन्तव्य तीर लागेका थियौं । हाम्रो नेपाल देखिको कम्वोडिया यात्रा यस पटकलाई अन्त्य गरेका थियौं । मेरो पहिलो पटक राहदानीमा भिषा लागि विदेश यात्रा गर्न पाएको मौका रमाइलो, रोचक र उपलव्धीमूलक नैं भएको थियो । धन्यवाद

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *