केही सन्तान यस्ता हुन्छन् जो आफ्नो रहरलाई थाती राखेर दिनरात नभनी पूरा गर्दछन् बुवा आमाको सपना साकार ।
ती मध्य एक पात्र हुन् लाक्पा तमाङ जङ्बा । उनको सपनाथ्यो दन्त चिकित्सक बन्ने तर उनले आफ्ना सपनालाई तिलाञ्जली दिएर बुवाको सपना पूरा गर्न दतचित्त भएर लागें । र आज खुसी छन् बुबाको सपना पुरा गर्न सकेकोमा ।आजभन्दा ३५ बर्ष अघि ०४१ साल जेष्ठ २८ गते बुबा रेन्जेन दोर्जे जाङ्वा र माता माया जाङ्वाको कोखबाट जन्मिएका हुन उनी । रसुवाकोे लाङटाङको मुन्डु भन्ने ठाउँमा जन्मिएका हुन उनी ।
कहालीलाग्दो विगतबाट उठेर आज सफल व्यवसायी बनेका छन् लाक्पा दोर्जे । हिजो असाध्य गरिबीको राप र चापमा चेपिएका उनी आज रसुवामा सफल व्यवसायीका रुपमा परिचित छन् । पिता जागिरेका साथै समाजको गन्य मान्य । राजनीतिमा समेत सक्रिय । पञ्चायत कालमैं चुनाब जितेर उनकै अगुवाईमा खोलिएकोथ्यो विद्यालय । हो त्यही विद्यालयमा सिके उनले कखरा । त्यहाँ २ कक्षासम्म अध्ययन गरे त्यसपछि मोडियो उनको पाइल राजधानी खाल्डोतिर । परिवार बुवा आमाको काख छाडेर उनी पुगे होस्टलको बसाईमा । काठमाडौं भ्याली स्कुलबाट प्लस पार लगाए । खेलकुदका शौखिन थिए उनी । त्यही कारण त विद्यार्थी कालमै उनले भ्याली स्कुलको नाम राखें । काठमाडौंबाट धरानसम्म पुगेर गोल्ड मेडल हात पारेका थिए ।
प्लस टु पछि उनलाई पढ्न रहर लागेन कारण नेपालको शिक्षा जागिर खानका लागि मात्र हो भन्ने उनको दिमागमा छाप बसेको थियो । त्यही कारण अध्ययनमा ब्रेक लगाए । उनका फुपाजु मल्ल ट्रेकमा कार्यरत थिए । उनैलाई पच्छाउँदै धेरै हिडें । यसैले उनलाई पर्यटन क्षेत्र चिनायो । र भोक पनि जाग्यो यही क्षेत्रमा केही गर्ने । धेरैलाई चिनें ।
उनको साथ र सहयोग देखेर पर्यटकहरु खुसी मात्र भएनन् । विदेश गएपछि आफ्ना साथीहरु पठाउन थाले । यसरी उनको मार्केटिङ बिस्तार हुँदै गयो । जीवनको उर्जाशील दश बर्ष यही क्षेत्रमा यसैगरी बितेको पत्तो भएन । पछि एक जना डिआइजीको पुत्रलाई व्यवसायिक पार्टनर बनाएर र खोलें हाइड्स स्पोर्ट । चक्रपथमा । यो क्लब राम्रै चल्नथाल्यो । यसले उनको परिचय पनि बदलियो ।
माता पिताको खुसी भन्नु नै सन्तानको प्रगति हो । रसुवाबाट राजधानी झरेका उनका बुवा आमा सन्तानको प्रगतिमा खुसी नहुने कुरै थिएन ।यही बीचमा उनका बुवाले रसुवामा नै बेकरी सप चलाउन आग्रह गरे ।
लाक्पा बुवाको कुरा काट्न सक्दैनथें । लाङटाङ यस्तो पर्यटकीय स्थल । जो भर्खरै भर्खरै प्रचार प्रसार हुँदैथ्यो अर्थात त्यतिखेर त्यो भर्जिन ल्याण्ड जस्तो थियो । पर्यटकहरु आउने क्रम बाक्लिदैथ्यो । र सोही समयमा लाङटाङमा खुल्यो बेकरी सप । यताबाट आवश्यक पर्ने सर सामान किनेर उनले बुवालाई पठाए ।
तर दूर्भाग्य । उपचारका लागि राजधानी आएर उपचारपछि रसुवा फर्किएको भोलीपल्टै पिताजीले संसार त्यागे ।छोराको प्रगति राम्रोसँग हेर्न नपाई पिताले धर्ती छाडे । उनलाई अझैं पनि विश्वाश लाग्दैन । अघिल्लो दिनसम्म छोराको प्रगतिमा पुलकित भएका बुवाले छाडेर गए भन्ने । तर यस्तै छ सांसरिक रित । जन्मिए पछि छाड्नै पर्ने धर्ती । मात्र ढिलो र चाँडो । बुबाको अन्तिम अनुहार हेर्न पाएनन् । उनी घर पुग्दा काम कर्म सबै सिद्धाइसकेछन् । उनी त्यहाँबाट रिसाएर काठमाडौं फर्किए । पूजाको सर सामाग्री खरिद गरे र ७ हप्तासम्म पूजामानै व्यस्त रहे ।
साता हप्ता पछि उनी क्लबमा पुगे । स्थिती बिग्रिसकेको थियो । मियो विनाको दाँइको स्थितीमा थियो क्लब । उनको अनुपस्थिती पछि क्लब घाटामा चल्न थालेको रहेछ ।
झण्डै २० लाख डुबाए । मन बेचैन थियो । एकातिर जन्मदाता गुम्नु अर्काेतिर व्यापार ओरालो लाग्नु । सम्झिए बुवालाई । उनका वचनहरु । र निकै सोच विचार पछि उनले संकल्प गरे पिताको सपना साकार पार्ने । र लागिपरे लाङटाङमै वेकरी खोल्न । कुहिरोको कागको नियतीमा थिए उनी । बेकरी उनको बिषय थिएन ।
केही जानेका पनि थिएनन् । सल्लाह गरे जीवनसंगिनीसँग । ग्रीन सिग्नल पाए । श्रीमतीले उर्जा भरिन् जन्मदै कसैले केही पनि सिकेर आएको हुँदैन हिम्मत गरे ।
मान्छेले पढेर भन्दा परेर सिकेको दिगो हुन्छ । यस्तो उर्जा श्रीमतीबाट पाएपछि उनको पदचाप मोडियो काठमाडौंबाट रसुवातिर । सँगै एक जना विशेषज्ञ कुक पनि लिएर रसुवा पुगेपछि खोले बेकरी । के दिन ,के रात ? मिहेनत गरे । उनको मेहनतका अघि सफलतालाई झुक्न करै लाग्यो । दोर्जे बेकरी राम्रै चल्दैथ्यो । एक दिन अचानक कुकले काम छाड्ने कुरा गरे । सिजनको समय । उनलाई फेरि अर्को चोटी खाल्डोमा खसेको जस्तै भयो ।
दैनिक एक सयभन्दा बढी पर्यटक आइरहेको समय थियो । उनले कुकलाई फकाए । प्रस्ताव गरे,मलाई राम्रोसँग काम सिकाऊ अनि जाऊ । ती कुकले उनको प्रस्ताव माने पनि । निरन्तर संर्घषले उनले सिके पनि बेकरीको आइटमहरु बनाउन । तर उनी चाहन्थें फरक खालको आइटमहरु बनाउन । त्यसका लागि अफ सिजनको समयमा काठमाण्डौं चाहर्न थाले । यो अवधिमा १ सय ५० वटा बेकरी चहारेँ । सानो,मध्यम देखि फाइभ स्टारसम्म पुगे । हेरे, स्वाद चाखेँ पनि । यो दौडधुपमा उनको उल्टै तौल बढ्यो । बेकरीहरुको मिठाई चाख्दा चाख्दा उनी १० केजी मोटाइसकेका थिए , उनी चाहन्थें अन्तराष्ट्रियस्तरको बेकरी बनाउन । तर खोजेजस्तो कतै भेटेनन ।
लामो समय तालिम पनि लिए । तर खोजेजस्तो भेटेनन् । यस पछि युट्युवतिर सर्च गर्न थाले । बेकरी सम्बन्धी अन्तराष्टिय पुस्तकहरु अध्ययन गर्न थाले । यो भोकले उनलाई धेरै चिज सिकायो । पिताको सपना र दोर्जेको त्यही भोकले हो आज रसुवामा ख्याती प्राप्त बेकरीका रुपमा दोर्जे बेकरी चर्चित छ ।
रसुवा र लाङटाङ घुम्न आएका अधिकाश पर्यटकहरुको मुखबाट यहि सुन्न पाइन्छ कि उनीहरु जति लाङटाङको प्राकृतिक सम्पदा, सांष्कृतिक विविधताका कारण लोभिन्छन् । उस्तै उनीहरुको मुखबाट सुन्न पाइन्छ दोर्जे बेकरीको गुणगान ।
दोर्जे बेकरीको विशेषता भन्नु नै आग्यानिक हो । उनी शतप्रतिशत आग्र्यानिक भएको दावा त गर्दैनन् तर ६० प्रतिशत आग्र्यानिक भएको बताउन्ँछन् ।
अहिले पनि सिजनमा यहाँ एक सय जना भन्दा बढी पर्यटक आउँछन् यो बेकरीमा । उनी त्यहाँ होटल पनि खोल्न सक्थें तर अरुका व्यापारमा असर नपरोस भनेर उनले होटल सञ्चालन गरेका छैनन् । त्यहाँ आएका पर्यटकहरु उनको बेकरीमा खान्छन सुत्नका लागि अन्यन्त्र जान्छन् ।
आज खुसी छन् उनी । भन्छन् हरेक पुरुषको सफलताको पछाडि नारीको महत्वपूर्ण भूमिका हुन्छ । आज उनको बेकरी सप स्थापना हुनदेखि बेकरी राम्रोसँग चल्नमा श्रीमतीको साथ र सहयोग अतुलनीय रहेको उनी बताँउछन् । भन्छन्,मेरो अर्धाङ्गिनीको साथले नै आज यहाँसम्म पुग्न सफल भएका हुँ ।