मध्यावधि निर्वाचन र कांग्रेसको भूमिका

सम्पादकीय

सम्पादकीय

संसदीय पद्दतिमा सत्ता पक्ष र प्रतिपक्षको भूमिकालाई सम्मान र महत्वपूर्ण मानिन्छ । सत्ता पक्षले सरकार सम्हालेको हुन्छ भने प्रतिपक्षले आफ्नो भूमिका संसदमा निर्वाह गरेको हुन्छ । सत्ता पक्ष र प्रतिपक्षले आफ्नो भूमिका सन्तुलित रुपमा निर्वाह गरेकै कारणले गर्दा संसदीय पद्धतिलाई सबभन्दा राम्रो शासकीय पद्धति मानिएको हो । तर ०७४ सालमा सम्पन्न भएको आमनिर्वाचनबाट प्रतिपक्षको भूमिकामा पुगेको नेपाली कांग्रेसको व्यवहारबाट सामान्य जनतासमेत सन्तुष्ट थिएनन् । नेपाली कांग्रेसले प्रम्ुख प्रतिपक्षको होइन, प्रधानमन्त्री केपी ओलीको नै सहयोगी दलको भूमिका निर्वाह गरेको धेरै नेपालीले अन्दाज गरेका छन् । गत ५ पुसमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको बदलिँदो परिस्थितिमा पनि नेपाली कांग्रेसको भूमिका सन्तोषजनक मानिने ठाउँ छैन । संसद विघटन भएको स्थितिप्रति नेपाली कांग्रेसले अहिलेसम्म स्पष्ट दृष्टिकोण बनाउन सकेको छैन । यही कारणले गर्दा नै नेपाली कांग्रेसले अहिलेसम्म आगामी ०७८ साल बैशाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचनमा जाने कि विघटन गरिएको प्रतिनिधि सभा पक्षमा सडकमा उत्रिएर आन्दोलने गर्ने ? भन्ने विषयमा कांग्रेसले अहिलेसम्म निर्णय गर्न सकेको छैन । जबकि संसदीय पद्धतिमा प्रमुख प्रतिपक्ष दल जहिले पनि मध्यावधि निर्वाचनको पक्षमा हुन्छ र सरकारलाई चुनौति दिनु पर्दा मध्यावधि निर्वाचनको माग गर्दछ । किनभने मध्यावधि निर्वाचनमा प्रतिपक्षले गुमाउनु पर्ने केही हुँदैन । तर, पाउने सम्भावना भने धेरै हुन्छ । यही कराणले गर्दा प्रतिपक्ष जहिले पनि मध्यावधि निर्वाचनको पक्षमा हुन्छ । तर, बिडम्वना रामचन्द्र पौडेलजस्ता बरिष्ठ नेतादेखि गगन थापा तथा प्रदीप पौडेलजस्ता कांग्रेसका युवा नेताहरुले संसद विघटन र मध्यावधि निर्वाचनको विरोध गरेर विचित्रको स्थिति खडा गरिदिएका छन् । र, यस मामिलामा सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकेका छैनन् । अब हुने निर्वाचनबाट पहिलोस्थानमा पुग्न सक्ने आँकलन गरिएको नेपाली कांग्रेसले निर्वाह गरिराखेको निर्णयक यो भूमिकाले अन्ततः नेपाली कांग्रेसलाई नै राजनीतिक रुपले हानि पु¥याउँछ । तर, नेपाली कांग्रेसमा अहिले पार्टीको लाभ हानीलाई भन्दा पनि नेताको लाभ हानीलाई दिएर स्थिति बनाउने कसरत मच्चाइरहेको छ । यही कारणले गर्दा संसदमा लगभग ६४ प्रतिशत समर्थन प्राप्त गरेको दलका नेता प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोाषणा गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भने खुलेर विश्वस्त हुन अगाडि आउन सकेको छैन । यो स्थितिमा नेपाली कांग्रेसले विघटन भइसकेको प्रतिनिधि सभाको पछाडि नलागी अब बैशाखको तेस्रो र चौँथो साता हुन लागेको मध्यावधि निर्वाचनको तयारमा लाग्नु पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *