ठेकेदारबाट कर्मचारीलाई सास्ती

प्रशासन

काठमाडौं । सरकारी कार्यालय मन्त्री, सचिव र कर्मचारीले कम र ठेकेदारहरुले बढी चलाँउछन् । यस्तै एक विवादस्पद् ठेकेदारको कारण मीनभवनस्थित एउटा कार्यालय कर्मचारीहरु हत्तु खेप्दै छन् । विगतमा कार्यलय प्रमुखहरुलाई अनेक दबाब र प्रभावमा पारेर काठमाडौं सडकमा ठेक्कापट्टा हात पार्दै आएका ठेकेदारहरुका कारण अहिलेका इमान्दार र नीति नियमअनुसार चल्न खोज्ने कर्मचारीहरु हैरानी बेहोरिरहेका छन् । प्रसंग हो मीनभवनस्थित डिभिजन सडक कार्यलय काठमाडौंको । अहिले त्यहाँका कमान्डर छन् कुवेर नेपाली । उनी सिनियर इन्जिनियर । गफ होइन, कर्ममै जोतिन रमाउने, दायाँ बाँया नजान्ने । विगतमा कमसल काम गरेर बद्नामी कमाएका केही ठेकेदारहरु उनी कहाँ पुगे, ठेक्का पट्टाको हिस्सा खोजे । विगतमा बद्नामी कमाएका त्यस्ता ठेकेदारहरुलाई उनले काम दिएनन् । त्यही काम नपाएका झोकमा उनीविरुद्ध लागिरहेका छन् । त्यही कार्यलयका पूर्वकर्मचारीहरुलाई हातमा लिएर त्यहाँका इमान्दार कर्मचारी र इन्जिनियरहरुलाई हतोत्साहित गर्ने खेलो मेलोमा लागेका ठेकेदार हुन् निर्माण व्यवसायी महासंघका उपमहासचिव समेत भइसकेका रामशरण बुढाथोकीलगायत व्यक्ति । उनी काठमाडौं उपत्याका निर्माण व्यवसायी संघका उपमहासचिव तथा ओली खेमाका ठेकेदार एवं वल्र्डवाइड कन्स्ट्रक्सनका मालिक । उनीहरुले विगतमाझैँ अहिलेका कर्मचारीहरुलाई अनेक तवरले प्रभाव र दबाबमा पार्न खोजेका छन् । प्रयास सफल भएनन्, त्यही पछि अहिले त्यहाँका कर्मचारीहरुलाई हतोत्साहित गर्ने प्रयासमा छन् । सत्ता र शक्तिको आडमा ठेक्का पट्टा लिने, कमसल काम गरेर बद्नामी कमाएका उनीजस्तै मार्काका ठेकेदारहरु काठमाडौं सडक डिभिजन कार्यलयका केही बद्नाम कर्मचारीहरुलाई प्रयोग गरी इमान्दार कर्मचारीहरुविरुद्ध लागिपरेका छन् । त्यहाँ रहेर इमान्दार ढंगले काम गर्दै आएका कर्मचारी र इन्जिनियरहरुको मानमर्दन गर्नेगरी बुढाथोकी लागेका छन् । तर, इमान्दार ढंगले काम गर्दै आएका इन्जिनियर,कर्मचारीहरुलाई केही ठेकेदार र एक पूर्वकर्मचारीको मिलेमतोमा हतोत्साहित बनाउन थालेपछि राम्रा काम गर्ने कर्मचारीहरुले चित्त दुखाउन थालेका हुन् । कुवेर यस्ता कमान्डर हुन् जस्कै कारण लकडाउन र कोरोना कहरमा काठमाडौंको सडक चिल्ला बने । खाल्डाखुल्डी पुरिए । अस्ति नारायणहिटी दरबारअघि उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्नै गरे काठमाडौंको सडक अहिलेजस्तो कहिले थियो ? हो यसरी प्रधानमन्त्री ओलीदेखि, यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसम्मबाट वाहवाही र बधाई एंव प्रशंशा कमाएका व्यक्ति हुन्, नेपाली । अहिले काठमाडौंको सडक तथा सडक पेटी कालोपत्रेदेखि खाल्डाखुल्डी भर्ने, सडक मर्मत सम्भार गर्ने, सफा र हराभरा बनाउने काममा यो कार्यालयले प्रंशशापत्र नै पाएको छ । यस्तै सिंहदरबार वरपर जुन ढंगले सौन्दर्यकरणका लागि बधाई नै खाएका कर्मचारी हुन्, उनी । पहिला पहिला काठमाडौं सडक विदेशी प्रधानमन्त्रीदेखि मन्त्री र राष्टपति आउँदा मात्र चिल्ला हुन्थे । यो कामको थालनी चाहिँ यस अघिका डिभिजन प्रमुख कैलाश श्रेष्ठको अगुवाइमा भएको जस्लाई कुवेर नेपालीले जारी राखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *