रसुवामा अध्यक्षमा गौतम र सचिव तेम्ब्रेल तामाङ मनोनित

समाचार

नेकपाको दाहाल नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । सोमबार ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।

जसमा पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । दाहाल समूहले ९ बुँदे मापदण्ड बनाएको थियो । जसमा करिब आधा आधा गर्ने सहमति गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रसुवा जिल्लाको अध्यक्ष इन्द्र गौतम (जगतजङग) र सचिव पदममा तेम्ब्रेल तामाङ मनोनित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *