काठमाडौं । राजनीतिक दलमा झगडा सत्ता र कुर्सी केन्द्रित हुँदा जनता र राष्ट्रको सरोकार ओझेलमा पर्छ । नेकपाको सरकार बन्दा जनतामा देखिएको ऊर्जा कम्युनिस्ट पार्टीका नेतामा देखिएको दम्भ र धमण्डले टिकाउन सकेन । प्रचण्ड र माधव प्रधानमन्त्रीलाई खेलाएर आफ्नो एकाधिकारलाई जोड दिएका छन् । प्रधानमन्त्री केपी ओली आफैँ राजा महाराजा बन्ने पुगे । नेकपाको नेतृत्व सरकरमा बस्दा पार्टीको गणना कतै छैन । प्रचण्ड र माधवको शासनकाल पनि कार्यकर्ताको क्षमता र अनु्शासनतर्फ होइन, गुट र परिवारवाद मै केन्द्रित थियो । केपी ओली मेरो कोही छैनन् पार्टी कार्यकर्ता नै छोराछोरी भन्न थालेका छन् । काम गुटभन्दा भएको छैन, पार्टीभित्र विवाद चरम भयो सत्ता स्वार्थले पार्टी फुट्यो ।
प्रचण्ड माधव ओली गुटको सत्ता आंतक भयो । पार्टीमा जनवादी केन्द्रियता छैन । डनवाद र हनुमानवाल माक्र्सवादी दर्शनलाई जनताको बहुदलीय जनवादले खाइदिएको छ । सचिवालयको बहुमत स्थायी समिति केन्द्रीय समितिको बहुमतलाई मात्र होइन, संसदीय दल र कानुनी ध्यानसमेत नदिएर बालुवाटार जग्गा काण्डमा मुछिएका व्यक्ति विष्णु पौडेल महासचिव छन् । एमालेमा त्यो बेला महासचिव पार्टी एकताको विरोधी मात्र थिएनन् । उनी शुद्ध भारत र दरबारका जासुस रातो पासपोर्ट काण्डका अमिर गुरुङ गेरुवस्त्रधारी ल्ह्र्याक्याल लामासम्मका संरक्षक भएको आरोप प्रचण्ड मावधले लगाएका छन् । पार्टी विभाजन गर्न उक्साउनेसम्मको खेल प्रचण्डबाट भएको थियो ।
प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई एकताको बेला मध्यमार्गीको भूमिकामा खडा गरे । पौडेलको बढुवा, इश्वरको भने निकै रोचक बन्नु प¥यो । संघीयता, गणतन्त्र, समावेशिताको एजेन्डा स्थापित गरायो । त्यो शक्तिप्रति पोखरेल दुश्मनी रहे । उनीमाथि नामुद भ्रष्टचारी भन्ने आरोप लागेको छ । कोभिड–१९ को बेला औषधिजन्य सामग्री खरिदमा गरिएको लुटतन्त्रसँग जोडिएको ओम्नी समूहको अपराध काफी छ ।
अहिले नकेपाको प्रचण्ड माधव समूहमा महासचिव पदको लडाइँ चर्को छ । एकले अर्काको अस्तित्व स्वीकार्न नसक्दा केपी ओली समूह गुटको घेरामा रमायो । माधव पक्षबाट घनश्याम भुषाल र सुरेन्द्र पाण्डे, प्रचण्डबाट जर्नादन शर्मा र वर्षमान पुनले महासचिवको दाबी गरेका छन् । तर सुरेन्द्र पाण्डेबाट महासचिवको अपेक्षा गर्नु सान्दर्भिक छ । उनी नेकपा एमालेको अधिवेशनमा महासचिव पदमा छ मतले पराजित भएका थिए । ईश्वर महासचिव, विष्णु पौडेल उपमहासचिव भएका थिए । माओवादी कित्ताले ओलीको तानाशाहीविरुद्ध लडेर स्वार्थ त्यागेर साहस देखाउने बेला भएको छ ।
जनार्दन शर्मा वर्षमान पुन जनयुद्धका कमान्डर जनमुक्ति सेनाको बटालिएन अगुवा थिए । तर पद र कुर्सीको दुरुपयोग गर्न सफल भएका छन् । दुवै भ्रष्टाचारी भएकै छन् । नातावादलाई नै जोड दिएका छन् । यो सवालमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे विवादरहित देखिएका छन् । अहिले महासचिवको लडाइँ गर्ने बेला होइन ।