चौँध लाख जेष्ठ नागरिकमाथि घात

समाचार

काठमाडौं– कमिसन मोहमा बालुबाटार कान्डले भारतको सरेम कम्पनीले भुक्तानी लिइसकेको १० लाख डोज खोप नेपाललाई दिन अहिलेसम्म सकेको छैन । प्रतिखोप ४ डलरमा नेपालमा ल्याई दिने तयारी गर्दा उप प्रधानमन्त्री ईश्वर पोखेलको समूहले हुकम कम्पनीको नाममा बिचौलिया बनेर खडा भएका थिए । त्यसको पहुँच बालुवाटारदेखि सिसिएमसीसम्म हुँदा ४ डलरको खोप ६.०५ डलर मूल्य बनाएर ३४ करोड ३७ लाख कमिसन खान खोज्दा नेपालले १० लाख डोज खोप पाएन । १४ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोप पाउन सकेनन् । बालुवाटार सहभागी यस्ता नीतिगत भ्रष्टाचार कति छन ? ४ डलरको खोप ६.०५ मूल्य बनाएर राज्य कोषको दोहन गर्न नीतिगत भ्रष्टाचार भएको छ । कम्पनीले सरकारलाई दिने तयारीमा रहदा जनताको जीवनमा खेलबाड गर्ने प्रधानमन्त्री ओलीका सहयोगीहरूलाई कारबाही हुँदैन ।
नेपालको व्यापारीक समूहमा विचौलिया सुरज वैद्य, उनीकी पत्नी रिता सिंह वैद्य, अभिषेक दुगड, विजय दुगड, मोती दुगड र हुकुम कम्पनीले १४ लाख नेपाली जनतामाथि खेलबाड गरेका छन् । एमालेको ओली पथ र माओवादी इतिहासमा बद्नाम भएको छ । नेपालको विकासको नाममा बिचौलियाहरूको जगजगी बढाउने यो सरकारले सफलता हाँसिल ग¥यो । स्वास्थ्यमन्त्रीसमेत बलिया बिचौलियाको अगाडि झुक्न लागेका छन् । अहिले कम्युनिस्टको नाम भँजाउने काम भएको छ । पहिला कम्युनिस्ट देशभक्त, राष्ट्रवादी र प्रगतिशिल हुन्छन्,भन्ने थियो । योजनाको काम सुधारात्मक हुन्छन् भन्ने आम धारणा थियो । तर, ओली तथा सरकारले कार्यक्रम प्रगतिशिल बजेट पुँजीवादमा आधारित प्रस्तुत ग¥यो । कांग्रेसले कम्युनिस्ट पार्टीलाई निरंकुश हुन्छ भन्नुको कारण पनि यस्तै नीति नियम ऐन, कानुनको धज्जी उडाएकोले नै हो । ओली शासन सुरु भएदेखि नै जनता प्रताडित बन्नु परेको छ । सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बढाएको भरमा वाहीवाही कमाएर हुन्छ ? खोइ सुधारका कार्यक्रम ? रेलमा कमिशन आयो खरिद गरिल्याएको रेल त्रिपालले छोपेर राखेको नेपाली जनतालाई जानकारी छ ।
एमालेको नौ महिनाको अल्पमतको सरकारबाट पाएको इज्जत बहुमतको नेकपा गठन गरेका बेला ३ पटक बजेट ल्याउँदासमेत देखिएन । यहाँ सत्ता घमण्डले काम गरेको छ । पार्टीको नीति र नियम तोडेर मनपरी गर्दाको फल धमाधम पाक्दैछ । कम्युनिस्ट पार्टीको बद्नाम गर्दै सरकार चलाउन न ओलीको बाध्याता हो कि गुटबन्दीको भिडन्त शंका उब्जेको छ । पार्टीको बदनाम गर्ने स्वार्थगत रत्यौलीमा कति नाच्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *