विचौलियाहरु कहिले कारबाहीमा पर्ने

समाचार

काठमाडौं । देश कोरोनाले ग्रस्त छ । सरकार एक वर्षदेखि कोरोनाविरुद्धको तयारी भन्दा कमाईमा लागेको सारा नेपालीले देखेको छ । औषधिजन्य सामग्री खरिदभन्दा अनुदानको खोजीमा नै लाग्यो । अमेरिका, बेलायत, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रेलियाजस्ता देशहरूले रकम होइन स्वास्थ्य सामग्री नै दिए । छिमेकी भारत आफैँ पीडित छ । भारतले ११ लाख खोप अनुदान दियो । तर, धेरै सामग्री दिनेमा देखियो । सरकारमा भारतीय विचौलियाहरूबाट परिचालित भएको बेला चीनले खोप बिक्री गर्न खोज्दा सरकारले चासो देखाएन ।
बेलायतले २० लाख खोप उपलब्ध गराउने भनेको छ । अक्सफोर्ड कम्पनीको खोप, सेरम कम्पनीको उत्पादन नेपाल भित्र्याएर पहिलो चरणमा लागएका मानिस १४ लाखको हाराहारीमा छन् । दोस्रो डोजको लागि सरकारले पैसा तिरेको १० लाख डोज भित्र्याउन नदिने विचौलिया बालुवाटारकै छत्रछायाँमा छन् । मोती दुगड, सुरज वैद्य, अभिषेक दुगड, विजय दुगडजस्तालाई कारबाही गर्न कोही तयार भएन । ३४ करोड ३७ लाख कमिसनको कुरा भएकोले प्रधानमन्त्री केपी ओलीसमेत मौन बसे ।
सरकारको आर्थिक पारदर्शिता नहुँदा दाताहरुले यस पटक सहयोग दिएनन् । सिसिएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल नै जोडिएको यो प्रकरणमा विचौलियाको सक्रियता जोडियो । देशका उद्योगी र व्यापारीहरुसमेत गत वर्ष पैसा दिँदा भ्रष्टाचार भएको संसारले देख्यो । सेनाको खरिदमा समेत भ्रष्टाचार भयो । ६ अर्ब भ्रष्टाचार भएको केश सार्वजनिक लेखा समितिले बतायो । प्रधानमन्त्री ओली भ्रष्टाचारीका संरक्षक भएको हुन् त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *