नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानमध्ये बाँकी रहेका नेपाल आयल निगम, साल्ट ट्रेडिङ, कृषि सामग्री संस्थान, साझा यातायात, नेपाल टेलिकमआदि रहेका छन् । अन्य संस्थान राजनीतिक दलको कारणले गर्दा गुमेका छन् । बाँकी रहेका संस्थान भने नेतृत्वमा पुगेका केही व्यक्तिको कारणले गर्दा बचिरहेका छन् । यसरी अहिलेसम्म बचिरहेका संस्थानमध्येमा नेपाल टेलिकमका तत्कालीन सुगत रत्नकंसकारले अगाडि बढाएका थिए । यस्तै, आयल निगमका तत्कालीन कार्यकारी निर्देशक दिगम्बर भmाले मट्टितेल र डिजेल मिसावट रोकेका थिए भने दूरसंचार प्राधिकरणलाई अगाडि बढाउने काम गरेका थिए । यस्तै घटना आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काले घाटा पूर्ति गरी नाफामा पु¥याएर आयल निगमका लागि जग्गासमेत खरिद गरेका थिए । विभिन्न ठाउँमा जग्गा खरिद गरी पेट्रोल भण्डारणका लागि र पाइपलाइनका लागि राम्रो व्यवस्थापन गर्दा जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएर खेदिएका थिए । यस्को ठाउँमा उदयपुर सिमेन्ट कारखानाका तत्कालीन जिएम सुरेन्द्र पौडेल निगम आएपछि पेट्रोलियम पदार्थको पाइप लाइनका लागि राम्रो भूमिका खेली नेपालमा पाइपबाट पेट्रोलियम पदार्थ भित्र्याउने काम गरे । निगमभित्रको बिचौलियादेखि ग्यास कम्पनीका बिचौलिया, तेल ट्यांकरका बिचौलियासम्मलाई नियन्त्रणमा लिएर राम्रो काम गरेका छन् । उनले राम्रो टिमवर्क बनाएर निगमलाई आमूल परिवर्तन गरेका छन् ।
यस्तै अहिले चर्चामा रहेको निगमका इन्जिनियर प्रदीप यादवले राम्रो भूमिका खेली ओम्लेखगन्ज डिपोलाई चलायमान बनाएर चोरी गर्ने ग्यास कम्पनी र ट्यांकर व्यावसायीलाई नियन्त्रणमा लिएर निगम सुधारको राम्रो भूमिका खेलेका छन् । यस्तै आयल निगम वागमती प्रदेशका कार्यालयको परियोजनाअन्तर्गत थानकोटमा रहेको ४२ रोपनी जग्गामा स्थरोन्नति गरी निगमको उदाहरणीय काम गरेका छन् । उनले ३ सय ट्रयाक्टर व्यवस्थानका लागि पार्किङ बनाएका छन् । यस्तै निगमको सुरक्षाका लागि नेपाल सेनाको छुट्टै भवनहरु बनाएका छन् । जहाँ मेस पनि खडा गरिएको छ र तालिमको व्यवस्था गरेका छन् । १२ लाख लिटर क्षमता भएको पानी ट्यांकी खडा गरिएको छ । निगमभित्र वरिपरि आइलाग्ने समस्यालाई नियन्त्रण गर्न दम्कल स्ट्यान्डबाइ राखिएको छ । करिब १ सयजना अट्ने गरी निगमभित्र सबै कामको व्यवस्था गरिएको छ । आमकर्मचारीलाई वाकेट्वाके व्यवस्था गरिएको छ । रङरोगन पनि गरिएको छ र निगमको वारि र पारिको सबै भागलाई ५ मिटर सडक निर्माण गरी मानिसहरु हिँडडुल गर्ने व्यवस्था मिलाएको छ । निगमभित्र पानीका लागि फलामेपाइप खिया लागिराखेको अवस्थामा त्यो पाइप नयाँ जडान गरिएको छ । पेट्रोल भण्डारका लागि आइपर्ने समस्याको व्यवस्थापन गरिएको छ । यस्तै, निगमको कुसल व्यवस्थानले गर्दाखेरी निगमले नयाँ फड्को मारेको छ । यस्तै कुसल व्यवस्थानले भैरहवा, पोखरा, विराटनगर र केन्द्रीय कार्यालयमा समेत स्तरोनन्तिको खाँचो रहेको छ । थानकोट र अम्लेखगन्ज उदाहरण स्थल बनेको छ । प्रायजसो आमनेपालीले भन्न थालेका छन् कि काम गरे हुन सक्ने रहेछ । जो कोहीले प्रदीप यादवको नाम उच्चारण गर्न थालेका छन् । यादवजस्ता कर्मचारीले उत्पादन गर्नुपर्ने खाँचो निगमको छ । निगमको अम्लेखगन्ज शाखामा काम गर्न अन्य कर्मचारीले ध्यान नदिएपछि फेरि यादवलाई यस ठाउँमा पठाउन लागि परेका छन् ।