क्यानले क्रिकेट खेलाडी लोहनीलाई आर्थिक सहयोगको गर्यो घोषणा

खेलकुद समाचार

काठमाडौं । क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

क्यानले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि पाँच लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो । भएको जानकारी गराएका छन् । भारतको गुरुगाउँमा घुँडाको शल्यक्रिया गराएपछि अहिले उनी थेरापी गरिरहेका छन् । सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।

सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी–२० राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा उनी फिल्डिङको क्रममा घाइते भएका थिए । कुनै समय नेपालका लागि खेल्ने सम्भावना बोकेका सिद्धान्त अहिले चोटका कारण पीडामा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *