कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि

विविध समाचार

काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका सुदीप न्यौपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ ।

मंगलबार मारिएका सुदीपको आज रुपन्देहीको बुटवस्थित घर ल्याएर अन्त्येष्टि गरिएको हो । बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो । त्यहाँबाट एम्बुलेन्समार्फत् नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो ।

निवासमा केहीबेर राखेपछि अन्त्येष्टिका लागि त्रिवेणी घाटमा पुर्‍याइएको थियो । सुदीपलाई काका कपिलदेव न्यौपानेले दागबत्ती दिएका छन् । बुबा ध्रुव र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले सुदीपलाई दागबत्ती दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *